३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

भुसालकाे अध्यक्षतामा बाणगङ्गा नगर डोरीतान सङ्घ गठन



वाणगंगा । हिमलाल भुसालकाे अध्यक्षतामा बाणगङ्गा नगर डोरीतान सङ्घ गठन भएकाे छ ।

डोरीतान सङ्घको शुक्रबार सम्पन्न प्रथम नगरअधिवेशनले भुसालकाे अध्यक्षतामा सङ्घको गठन गरिएकाे हाे । ९ सदस्यीय संघकाे

उपाध्यक्षमा डिला शर्मा, सचिवमा बेदराज आचार्य,
कोषाध्यक्षमा विद्या शर्मा चयन भएका क्लवका सदस्य मिलन चालिसेले हाम्राे राेजगारीलाई बताए ।

उनका अनुसार सदस्यमा आफूसहित सुन्दर घिमिरे, सुनिता सेन, कमल पौडेल र अम्बिका भट्टराई चयन भएका छन् । संघले अब नगरस्तरीय डाेरीतान लगायतका काम गर्ने अध्यक्ष भुसालले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ५८ बजे