४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

‘काउली’ युटुभ ट्रेन्डिङको पहिलो नम्बरमा (भिडिओसहित)



काठमाडौँ । चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’ले झन्डै दुई साता युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमायो । अबभने यो गीत ट्रेन्डिङ एकबाट पछाडि झरेको छ । यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा अर्को नेपाली गीत आएको छ ।

वरिष्ठ अभिनेता हरिवंश आचार्यको गीत ‘काउली’ युट्युबको पहिलो नम्बरमा उक्लिएको हो । ६ दिनअघि सार्वजनिक यस गीतमा हरिवंश र लोकदोहोरी गायिका शान्तीश्री परियारको स्वर छ ।
हरिवंशकै शब्द र संगीत रहेको लोक लयमा आधारित गीतलाई श्यामश्वेत रसाईलीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा हरिवंश स्वयंले अभिनय गरेका छन् । उनीसँगै प्रकाश सपुत र प्रियंका कार्कीको अभिनय भिडियोमा हेर्न सकिन्छ ।
प्रकाश र प्रियंकाले पहिलोपटक म्युजिक भिडियोमा सहकार्य गरेका हुन् । रमाइलो खालको गीतको भिडियोमा चेलीबेटी बेचबिखन विरुद्धको सन्देशसमेत दिन खोजिएको छ ।

भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने निर्देशन सरोज ओलीले गरेका छन् ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियो बनिश शाहको सम्पादनपछि सार्वजनिक गरिएको हो ।

भिडियोले बिहीवारसम्म युट्युबमा १८ लाख प्लस​ भ्युज पाइसकेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : ०१ बजे