२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

स्वरोजगार

मिहिनेती र संघर्षशील सोमनाथ जो श्रमिकबाट उद्यमी बने

उनले अहिले ४ जनालाई रोजगारी दिन सफल भएका छन्



कपिलवस्तु । विपन्न परिवारका सोमनाथ मौर्या सहज जीवनयापनका लागि १३ वर्षको उमेरमा झोला उधोगमा श्रमिक थिए। सानै उमेरमा पारिवारिक समस्या संग लड्दै आएका मौर्या रोजगारीका लागि भौतारिदैँ भारतको दिल्ली शहर पुग्छन् ।

अपरिचित सहरमा कामकै सिलसिलामा झोला उधोगमा पुगेका उनिले अहिले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–४ स्थित समिति चोक नजिकै आफ्नै उद्योग सन्चाल गरिरहेका छन। १३ बर्षको सानै उमेरदेखि भारतको दिल्ली शहरमा १७ बर्षको लामो समय एक पछि अर्काे गर्दै ३ वटा झोला कम्पनीमा काम गरेका उनले त्यतिबेलाको दुख सम्झिन नसक्ने बताउछन।

१३ वर्षको उमेरबाट सुरु भएको उनको झोलासंगको सम्बन्ध अझै उस्तै छ। कुनै समय जिविको पार्जनका लागि झोला सिलाउने उनले कहिल्यै सोचेका थियनन एक दिन म पनि झोला उद्योगको मालिक बन्छु भनी । तिन उधोगमा काम गरेको अनुभव संगालेका मौर्याले साथीभाइसँग १ लाख २० हजार सापटी मागेर ४ वर्ष अगाडी आफ्नै घरमा झोला उद्योग सञ्चालन गरे पछि मनग्य आम्दानी गरिरहेका छन। हातमा सिप भए स्वदेशमा स्वरोजगार हुन् सकिने मौर्या बताउँछन् ।

म करिव २ दशक श्रमिक भएर काम गर्नु पर्यो । त्यहा न्यून ज्याला र मालिकले दिएको यातना सहेर भए पनि काम गर्नु पर्ने बाध्यता थियो । तर सिप सिके पछि म आत्म निर्भर हुन पुगेको छु । लगानी गर्ने पैसा नभए पनि साथी सँग सापटी लिएर खोलेको उद्योगमा हाल १४ लाख रुपैया लगानी थप्न सफल भएको मौर्याले बताए।

उधोग सन्चाल गरेको वर्ष सापटी लिएको पैसा फिर्ता गरेको मौर्यले बताए। सुरुका ४ वर्ष परिवारका सदस्य मिलेर काम गर्यौ अहिले ४ जनालाई रोजगारी दिएको छु उनले भने। चार कक्षा सम्म अध्ययन गरेका सोमनाथले ४ बर्षदेखी ब्याग उत्पादन गर्दै आएका छन । मासिक औषत डेढ लाख रुपैया आम्दानी हुने गरेको उनि बताउछन ।

उत्पादन भएका झोला अधिकांशले घरबाटै लैजाने गर्छन् भने केहि व्यापारीलाई पसलमा छोडिदिने गरेको उनले बताए । उद्योगमा स्कुल ब्याग, यात्रा गर्दा बोक्ने ब्याग, पछाडी भिर्ने ब्याग उत्पादन गरिदै आएको छ । दैनिक औषत १ सय ब्याग उत्पादन हुने गरेको छ । घर परिवारसँग बसेर राम्रो आम्दानी हुने गरेकोमा आफू खुसी भएको उनले सुनाए ।

 

 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ३ : ४४ बजे