३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

वाणगंगामा हात्तीपाइलेविरुद्धको अभियानमा ८१.६ प्रतिशतले औषधी खाए



कपिलवस्तु ।  कपिलवस्तुको वांणगगा नगरपालिकामा सुरु भएको हात्तिपाइले रोगविरुद्व औषधी सेवन अभियान मंगलबार सम्पन्न भएको छ ।

गत फागुन ११ गते देखि सुरु भएको अभियान अन्तर्गत नगरपालिकाभित्र  ८१.६ प्रतिशत मानिसले हात्तिपाइले रोगविरुद्व औषधि सेवन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।

अब १९ प्रतिशत मानिसले औषधी खान बाँकी रहेको उनको भनाई छ । उनका अनुसार औषधी खान छुटेका अधिकांस किसान र मजदुर छन् । उनीहरु अभियानमा नभेटिएका कारण औषधी खानबाट बञ्चित भएका पौडेलले बताए ।

नगरपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारी औषधी खुवाउन प्रत्येक टोल टोलमा पुगेका थिए । औषधि खाइसकेपछि टाउको दुख्ने, रिङ्गगटा लाग्ने, वाकवाकी हुने जस्तो समस्या सामान्य समस्या आएकाले केही समस्या भएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ६ : ०६ बजे