२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

कलाकार संघका अध्यक्षले मञ्चमै यो के गरे, माया कि चुम्बन ?



काठमाडौं । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले मञ्चमै अभिनेत्री पवित्रा आचार्यलाई चुम्बन गरेका छन्।

संघको आगामी निर्वाचनमा उम्मेदवारी घोषणा गर्न मोहन निरौलाले आयोजना गरेको कार्यक्रममा उनले मञ्चमा उभिएको अवस्थामा अभिनेत्री आचार्यको गालामा चुम्बन गरेका हुन्।

अध्यक्षमा मोहनसँगै अभिनेत्री रेजिना उप्रेतीले पनि उम्मेदवारी घोषणा गरेकी छिन्। वर्तमान अध्यक्ष रहेका खड्का एक पक्षको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर पदीय मर्यादा बिर्सिए नै। मञ्चमै कलाकारलाई चुम्बन समेत गरे।

अभिनेत्री आचार्यले सह–कोषाध्यक्षमा उम्मेदवारी दिएकी थिइन्। कलाकार रोहित रुम्बाले समेत सह–कोषाध्यक्षको उम्मेदवारी दिएकोमा उनले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध भइन्।

दुवैलाई खादा लगाउन मञ्चमा बोलाइएको थियो। त्यही क्रममा रवीन्द्रले आचार्यलाई चुम्बन गरेका थिए।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ४ : ०७ बजे