२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

१८ महिनापछि बाढी आयो, शिवराजमा १५ लाख बढीको तरकारीमा क्षति



कपिलवस्तु । १८ महिनापछि आएको पानसिंगै आएको बाढीले गर्दा कपिलवस्तुका किसानको तरकारीमा ठुलो क्षति गरेको छ । गयराति आएको बाढीका कारण शिवराज नगरपालिका वडा नम्बर ८ देबीपुरमा लगाएको तरकारीबालीमा करिब २० लाख क्षति भएको हो ।

शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले लगाएको काकरा,करैला,फर्सी, लौका, टमाटर,खर्बुजा बगाउँदा १५देखि २० लाख बराबरको क्षति भएको कृषक सुमुहका अध्यक्ष सुग्रीव लोनियाले जानकारी गराए ।

बर्षभरी दुख गरेर उब्जाएको तरकारीमा क्षति भएपछि उनले चिन्ता व्यक्त गरेका छन् ।

तस्विरमा सबै तरकारीमाथि बाढीसहितको लेदो पसेको देखिन्छ । यो खबर बाहिर आएपछि नगरले क्षति भएको तरकारीको अनुगमन गर्ने जनाएको छ ।

यसपटक हिउँदमा बर्षा नभएर किसान चिन्तित थिए । केहीदिन अघिदेखि बर्षा हुने लक्षण देखिएको थियो । तर पानी पर्न सकेको थिएन । तर गयराति भने केही स्थानमा ठुलै पानी परेको थियो । कपिलवस्तुमा गत असोजदेखि पानी परेको हिजो पहिलोपटक हो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १ : २४ बजे