२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

फलोअपः अन्तहः सेटिङकै टेण्डर सदर



बाणगंगा । कपिलवस्तुको बैजलपुर जनकल्याण सामुदायिक वनमा सेटिङकै टेण्डर सदर गरिएको छ ।

सेटिङ मार्फत टेण्डर हत्याउने प्रयासमा ठेकेदार थिए । अन्ततः कागजी प्रक्रिया पुर्‍याएर सेटिङको टेण्डर सदर गरिएको हो ।

टेण्डर हत्याउनका लागि ठेकेदारसंग वनका कार्यसमिति सह(सचिव बाबुराम अधिकारी र कोषाध्यक्ष रेमबहादुर रेश्मी मिलेमतोमा थिए । ठेकेदारसंग मिलेमतो भएको सबै विषय बाहिर आउँदा आउँदै वनको टण्डर सदर गरिएको हो ।

टेण्डर सदर गराउन कम्मर कसेर लागेका अधिकारी र रेश्मीको प्रयास अन्ततः सफल भएको छ ।

वनका अध्यक्ष सत्यनारायण थारुले वनका सह-सचिव, कोषाध्यक्ष लगायतको टिमलाई टेण्डर सम्बन्धि जिम्मेवारी दिएको पुष्टि गरे । तर मिडियामा आएजस्तो मिलेमतो भने नगरेको अध्यक्ष थारुको दाबी छ । अध्यक्ष थारुले पत्रकार सम्मेलन गरी टेण्डरमा कुनै बदमासी नभएको भन्दै उल्टै यस्तो समाचार लेख्ने पत्रकार र मिडियालाई कारबाही गर्ने धम्की दिएका छन् । उनले समाचार सच्याएर प्रकाशन गर्न समेत विज्ञप्तीमार्फत् निर्देशन दिए ।

सामुदायिक वनले काठ, दाउरा लिलामीको सिलबन्दी खोल्दा सेटिङ मार्फत खोलिएको स्रोतको दाबी छ । सालझण्डीको एक होटलमा बसी सबै कागजी प्रक्रियामा टेण्डर मिलाइएको थियो । उक्त दिनको सबै सूचनाको विवरण हाम्रो रोजगारीले प्राप्त गरेको छ ।

टेण्डरमा भएको मिलेमतो थाहा पाएपछि वनका कोषाध्यक्ष रेश्मीसंग यस विषयबारे बुझ्न खोज्दा तर्कने प्रयास गरेका थिए । आफू कुनैपनि मिलमतोमा संलग्न नभएको र यो आरोप निराधार रहेको उनको दाबी थियो ।

लाखौं रकमको चलखेलबाट टेण्डर सदर भए वनको लाखौं आम्दानी गुम्ने भएपछि मायादेवी अनलाइनले उक्त सूचना वडा नं। २ का वडाध्यक्ष विष्णु पौडेललाई सुनाएको थियो । टेण्डर बदर गर्ने कि सदर गर्ने मध्येका एक मुख्य व्यक्ति रहेका वडाध्यक्ष पौडेलले उक्त विषय आफूलाई थाहा नभएको र बुझेर भन्ने बताएका थिए ।

तर, शनिबार वनमा दिनभर भएको म्याराथन बैठकले उक्त लाखौं घोटलाको विवादित टेण्डरलाई सदर गर्ने निर्णय गरेको छ ।

टेण्डर हत्याउने खेलमा संलग्नहरुले कागजी रुपमा बलियो बनेर टेण्डर सदर गर्ने काम गरेको वनका एक जना पदाधिकारीले घुमाउरो शैलीमा पुष्टि गरे ।

‘लागेका आरोपलाई कागजी रुपमा खण्डन गर्न सके अरु विषय गौण हुन्छन् भन्ने ठानियो’, ती पदाधिकारीले भने ।

टेण्डर खुलाइएको ७ दिन भित्र टेण्डर सदर, बदरबारे एक अनुगमन समिति गठन गर्ने कानुनी प्रावधान छ । वनको मूल समिति र त्यसले बनाएको उप(समितिले टेण्डर स्वीकृति गर्ने कि नगर्ने निर्णय गर्छ । बैजलपुरमा विवादित भएको विषयलाई ढाकछोप गर्न आफू अनुकूलको समिति बनाइएको आरोप लागेको छ । आफ्ना अनूकुलका व्यक्ति राखेर समिति गठन गरी टेण्डर सदर गरिएको हो ।

वनले फाल्गुण ११ गते घाटगद्धीमा राखिएका काठ दाउराको लिलाम विक्रीका लागि टेण्डर खुलाएको थियो । १५ हजार ‘क्यू फिट’ काठका लागि टेण्डर खुलाएको थियो ।

वनका अध्यक्ष थारुले ठेकेदारले मिलेमतोमा टेण्डर हाल्ने गरेको सुनाए । यस पटक १ सय ९६ फर्म विक्रि भएको बताएका उनले आफू घरायसी कामले काम गर्न नभ्याएको कारण सह(सचिव र कोषाध्यक्षलाई जिम्मेवारी दिएको उनले बताए ।
मिलेर न्यूनतम मूल्यमा टेण्डर हाल्ने ठेकेदारको सिण्डिकेट तोड्न नसकिएको उनले जनाए ।

बनका पदाधिकारीले गरेको यस्तो बदमासीपछि उपभोक्ताले वनको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । मिडियामा आएका सबै कुरा सत्य भएको, लामोसमयदेखि बनमा भ्रष्टाचार र वेथितिले जरा गाडेको भन्दै मिडियाको साथमा रहेको उपभोक्ताले हाम्रो रोजगारीलाई बताए ।मायादेवी अनलाइनबाट

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ९ : १३ बजे