२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

मुलकभरका १ सय ६ क्याम्पस, जहाँ चयन भयो निर्विरोध स्ववियु



काठमाडौँ । देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन [स्ववियु] को निर्वाचन अन्तरगत लुम्बिनीका ३४ सहित विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार लुम्बिनी प्रदेशका ३४ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९, गण्डकीका १२, कोशी प्रदेशका २१, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियु चयन गरिएको हो ।

त्रिवि स्रोतका अनुसार देशभर स्ववियु चुनाव हुने क्याम्पसको संख्या ४४८ वटा रहेकामा २८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १०० वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता हुन सकेको थिएन ।

 

पछि विभिन्न क्याम्पसमा विवाद हुँदा थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नसकेका क्याम्पसको संख्या ११४ रहेको स्रोतले जनाएको छ ।

आज विभिन्न २१७ क्याम्पसमा चुनाव भएका छ । प्राप्त जानकारीअनुसार कोशी प्रदेशमा ४१, मधेसमा ११, बागमतीमा २५, गण्डकीमा २०, लुम्बिनीमा ३८, कर्णालीमा २२ क्याम्पसमा मतदान भइरहेको छ ।

यस्तै सुदूरपश्चिमका ३५ वटामा आज निर्वाचन भएको छ भने १० वटामा ८ गते र एउटामा सोमबार हुनेछ । यस्तै उपत्यकामा २५ क्याम्पसमा आज निर्वाचन भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ४ : ३८ बजे