२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित, वेदुराम उपाध्यक्ष



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ। आइतबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा ९एकीकृत समाजवादी० पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनित गरिएको बताए।

उनले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रिय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताए।

उनले भने, ‘पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको छ भने पार्टीका महासचिव कमरेड वेदुराम भसाललाई उपाध्यक्षमा मनोनय गरिएको छ। यो सर्वसम्मत निर्णय हो। पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरु उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरिएको छ। केन्द्रिय सचिवालय सदस्यको संख्या १९ गरिएको छ। हाम्रो पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। अबबाट सत्ता पक्षमा बस्ने निर्णय गरिएको छ। सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइसकेको छैन।’

उनले केन्द्रिय सचिवालय सदस्यको संख्या १९ पु¥याइएको बताए। उनले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताए। उनले सरकारमा जाने वा नजाने भन्नेबारेमा टुंगो भइ नसकेको स्पष्ट पारे।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ५९ बजे