४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

संसदमा प्रेम सुवालको प्रश्न यो संसद हो कि क्लब हो ?



काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रतिनिधिसभा बैठकलाई ‘संसद हो कि क्लब’ भनी प्रश्न गरेका छन् ।

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’को विरोधको सूचना फिर्ता लिने कि नलिने भन्ने चरणको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

सभामुख देवराज घिमिरेले आफनो विरोधको सूचना फिर्ता लिने कि नलिने भनी निर्णय सुनाउन सांसद सुवाललाई समय दिएका थिए । तर, सुवालले किसानले मल नपाएको लगायत जनजीविकाको विषय उठाए । त्यसपछि सभामुख घिमिरेले विषयमा केन्द्रित हुन आग्रह गरे ।

जवाफमा सांसद सुवाल कड्किएका हुन् । ‘जनताको प्रतिनिधि हो । जनताको कुरा सुनिँदैन भने संसदबाट प्रधानमन्त्री चुन्नुको अर्थ हुँदैन ।

किसानले मल पाइराखेका छैनन्’ सांसद सुवालले सभामुखलाई भने, ‘बोलिरहँदा सभामुखले क्रस गर्न पाइँदैन । यो के हो यो रु संसद हो कि क्लब हो । क्लब भए क्लबको सामान ल्याउनुपर्‍यो, गित गाउनुपर्‍यो, नाच्ने गाउने आउनुपर्‍यो । होइन भने संसदको नियम पालना हुनुपर्‍यो ।’

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ४६ बजे