३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

‘बा-को’ लाई ब्रान्ड बनाउँदै गरेकी रजिना, चिप्स बनाउँदा फुर्यो ‘आइडिया’



काठमाडौं । काठमाडौंकी रजिना भट्टराईलाई पहिल्यैदेखि नयाँनयाँ स्वादका परिकार तयार रूचि थियो। युट्युब हेरेर पकाउने प्रयास गर्थिन्।

त्यो रूचि नै आफ्नो व्यवसाय होला भन्ने उनले सोचेकी थिइनन्। तर नसोचेकै काम भइदियो।

उनले ुइट फिट प्रालिु नामबाट तयारी ुलन्च बक्सु को व्यवसाय सुरू गरिन्। घरकै किचनबाट सुरू भएको यो कम्पनीमार्फत उनले दैनिक तीन सयभन्दा बढीलाई खाना पुर्‍याउँथिन्।

लन्च बक्स राम्रो चलिरहेको थियो। कोभिड–१९ पछि केही महिना काम ठप्प भयो। उनले आफू त जेजसो गरौंला तर सँगै काम गरेका साथीहरूको के होला भन्ने सोचिन्। यही सन्दर्भमा उनलाई केराको ९बनाना० चिप्स बनाउने आइडिया फुर्‍यो।

इट फिटबाटै बनान चिप्सको व्यवसाय सुरू गरिन्। अहिले तीन महिना भयो, रजिनाले बनाना चिप्सलाई बा–को नाम दिएर छुट्टै ब्रान्डिङ गरेको।

हाल उनी बा–को नामको ब्रान्डबाट बनाना ९केराको० चिप्स, ब्रेड ९पाउरोटी० र केकको व्यवसाय गर्दै छिन्।

बा–को पाँच जना सहकर्मीको समूह हो। हामीले आफ्नो समूहलाई की (फाइभु भन्ने गरेका छौं। हामीहरू एक–एक साँचो हौं अर्थात् की(फाइभ भनेको पाँच वटा साँचोको झुप्पो हो, ३० वर्षीया रजिनाले भनिन्, हरेक साँचोको सल्लाहमा बा–को ब्रान्ड बनेको हो।

रजिना प्रमुख कार्यकारी अधिकृत ९सिइओ० हुन्। उनीसहित कम्पनीमा लालकृष्ण नेपाल, शैलेश पाण्डे, विनित तामाङ र सुरेश साह छन्। लालकृष्ण रजिनाका श्रीमान हुन्। उनी पहिले अर्कै कम्पनीमा मार्केटिङको काम गर्थे। बा–को व्यवसाय फस्टाउँदै गएपछि उनी यसैको मार्केटिङ सम्हालिरहेका छन्।

एक जना कर्मचारी र रजिना गरी जम्मा दुई जनाले सुरू गरेको बा–कोमा हाल १५ जना काम गर्छन्।

रजिनाका अनुसार केरा ९बनाना० लाई नरिवल कोकोनटको तेलमा तारेर चिप्स बनाउने भएकाले बनानाु र कोकोनटु को संक्षेपीकरणबाट बा–कोु ब्रान्ड बनेको हो।

बा–को ब्रान्डको चिप्स छोटो अवधिमै पारखी उपभोक्ताहरूको रोजाइमा परेको उनको भनाइ छ। बजारको प्रतिक्रिया अत्यन्तै सकारात्मक छ। बा–कोले कोदोको पनि चिप्स बनाउँछ। नेपालमै उत्पादित कोदो प्रयोग गर्ने नीति छ।

ुकोदोको चिप्स स्वस्थकर हुन्छ। हामीले नेपाली कच्चा पदार्थ प्रयोग गर्दा किसानहरूले पनि बजार पाउँछन्,ु रजिनाले भनिन्।

बाकोले पाँच किसिमको स्वादमा चिप्स बनाउँछ– कोदो चिप्स, सादा बनाना चिप्स, चिज बनाना चिप्स, चटपटा बनाना चिप्स र रामेन बनाना चिप्स।

बा–कोका उत्पादनको मूल्य बजारमा पाइने अन्य चिप्सकै हाराहारीमा छ, उनले भनिन्।

बनाना चिप्सको सुरूआती मूल्य प्रतिकिलो १२ सय रूपैयाँ छ। कोदो चिप्सको मूल्य पनि यस्तै छ।

सबै चिप्स ताजा, मिठो र क्रन्ची रहेको उनको भनाइ छ। चटपटा र रामेन पिरो स्वादमा छन्।

नेपाली बजारमा विदेशी ब्रान्डका चिप्स छ्याप्छ्याप्ती छन्। विदेशी चिप्स प्रतिस्थापन गर्ने गरी गुणस्तरीय चिप्स बनाउने लक्ष्यका साथ बा–को अघि बढेको छ। बा–कोले कोदो, फापर, मकैको रोटी र केक पनि केक बनाउँछ। रजिनाका अनुसार केकमा चिनी र क्रिम प्रयोग गरिएको हुँदैन। क्रिमको सट्टा खुवा, चिनीको सट्टा सख्खर र स्टेभिया प्रयोग हुन्छ।

स्टेभिया भनेको स्टेभिया नामको बिरूवाको पातबाट बनाइएको गुलियो हो। यसले चिनी प्रतिस्थापन गर्छ। यसमा कार्बोहाइड्रेट नहुने मानिन्छ। स्टेभिया उखुको चिनीको तुलनामा धेरै गुलियो हुन्छ, उनले भनिन्।

बाकोमा शाकाहारीका लागि दूधको परिकार पनि बन्छ।

ुहामी स्वस्थकर र गुणस्तरीय केक बनाउँछौं, रजिना भन्छिन्, यसको स्वाद धेरैले मन पराउनुभएको छ।ु

केकको लागत धेरै भए पनि सहुलियत मूल्य राखेको उनको भनाइ छ।

बा–कोले साढे एक पाउन्डको केक १७ सय रूपैयाँमा बेच्छ। हाल दैनिक २० वटासम्म केकको अर्डर आउँछ।

बा–कोमा अधिकांश अर्डर अनलाइन माध्यमबाटै आउँछ। अर्डर आएपछि मात्रै चिप्स तयार गरिने भएकाले ताजा हुन्छ। हाल दैनिक कम्तीमा २० केजी चिप्स अनलाइनबाट बिक्री हुन्छ। पसलबाट पनि राम्रै परिमाणमा बिक्री हुने गरेको रजिनाले बताइन्।

यही फागुन १३ गते पाटनमा ुबा–को ड्रिंक्सु नाममा फलफूलको ताजा पेयसँगै बनाना ९केराको० चिप्स, ब्रेड ९पाउरोटी० र केक पाइने आउटलेट पनि सुरू भएको छ। ग्राहकहरूको माग अनुसार बानेश्वरमा चिप्सको पसल सुरू भएको छ। चाँडै न्युरोडमा पनि यस्तै पसल सुरू गर्ने योजना छ।

बनाना चिप्स बनाउन छिप्पिएको काँचो केरा प्रयोग हुन्छ। केराको बोक्राबाट मल बनाएर किसानलाई वितरण योजना रहेको रजिनाले बताइन्। पहिलो चरणमा सिन्धुपाल्चोक र काभ्रेका किसानलाई मल वितरण गर्ने योजना छ। यसबाट त्यहाँका किसानलाई कोदो, फापर, मकै उत्पादनमा प्रोत्साहन हुने विश्वास छ।

रजिना भन्छिन्, किसानलाई कोदो फापर लगाउन प्रोत्साहन मिल्यो भने उत्पादन बढ्छ। हामी पनि सस्तोमा किन्न पाउँछौं। किसान र हाम्रा उपभोक्ता दुवैलाई लाभ हुन्छ।

आजकालका उपभोक्ताहरू औषधीय गुण भएका खानेकुरा छाडेर रोग निम्त्याउने परिकारतिर लागेको उनको निष्कर्ष छ।

हामी आफ्नो देशमा कृषि उत्पादन बढाउने र यहीँको खानेकुरा उपभोग गर्ने संस्कृति बनोस् भन्ने चाहन्छौं,ु उनी भन्छिन्, ुसरकारले पनि युवाहरूलाई स्वदेशमै काम गर्न प्रोत्साहन मिल्ने खालका कार्यक्रम ल्याउनु पर्छ।

जस्तो कि मैदाबाट बनेको भन्दा कोदो र फापरबाट बनेको रोटी स्वस्थकर हुन्छ।

रजिनाले पाकशिक्षा पढेकी होइनन्। कुनै तालिम लिएकी पनि होइन। उनले व्यवस्थापन विषयमा स्नातक तहको पढाइ पूरा गरेकी छन्। खानाका परिकारहरू बनाउन चाहिँ युट्युब र यस्तै अन्य माध्यमबाट सिकेकी हुन्।

उनले भनिन्, केही व्यवसाय गर्छु भन्ने सोच थियो। महिला उद्यमीका रूपमा आफूलाई चिनाउँछु भन्ने थियो। आखिर खानासम्बन्धी व्यवसायमै आएँ।

रजिनाले इट फिटको लन्च बक्स पनि छाडेकी छैनन्। इट फिट सुरू गर्नुअघि उनी फुडमारियोु नामको व्यावसायिक कम्पनीमा आवद्ध थिइन्। त्यहाँ खानाका परिकारहरू बनाउँथिन्। त्यहाँ एक वर्ष काम गरेपछि आफ्नै व्यवसाय गर्ने सोचले इट फिट सुरू गरेको उनले बताइन्।

इट फिट घरको भान्साकै सामानबाट सुरू गरियो। बा–को पनि चिप्स बनाउँदा बनाउँदै सुरू भयो। मेरो पाँच वर्षको मेहनत सबै यसैमा छ, रजिना भन्छिन्। सेतोपाटीबाट

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ६ : ४६ बजे