४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणगंगाको युनाइटेड हस्पिटलमा निशुल्क पाठेघर शिविर समपन्न



वाणगंगा । युनाईटेड बहुउद्देशिय सहकारी संस्थाको आयोजनामा निशुल्क पाठेघरको चेकजांच शिविर सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले स्वास्थ्य शिविरले नगरका गरिब, विपन्न बर्गका व्यक्ति पनि प्रत्यक्ष लाभान्वित हुने बताए ।

आर्थिक अभावले स्वास्थ्य उपचार सेवाबाट कोहि पनि बन्चित हुन नपरोस् भन्दै नगर पछिल्लो समय स्वास्थ्य शिविर तर्फ आर्कषित भएको उल्लेख गरे । नगर उपप्रमुख महिलाहरुले आफ्नो स्वास्थ्य प्रति सचेत रहनुपर्ने वताउदै विशेषगरी पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या वढ्दो रुपमा देखिएकाले यसबारेमा विशेष ध्यान दिन दिदी बहिनीहरुलाई आग्रह गरे । उनले यस्तै शिविर भोली शनिबार बरवामा पनि शिविरको आयोजना गरिएको जानकारी दिदै महिला दिदी बहिनीहरुलाई स्वास्थ्य सेवा लिन आग्रह गरे ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले स्वास्थ्य क्षेत्रलाई नगरले पहिलो प्राथमिकता दिएको जिकिर गरे । उनले यस्ता कार्यक्रम आगामी दिनमा पनि नगरले गर्दै जाने र यहाका जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे । आफ्नो वडामा महिलाहरुको स्वास्थ्यलाई मध्येनजर गरी पाठेघर चेकजांच शिविरको संचालन गरिएको वडा अध्यक्ष टेक बहादुर झेडी मगरले बताए ।

युनाईटेड हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा पुर्ण बहादुर घर्तिले रगत, पिसाब, चेकजांच सहित भिडियो एक्सरेद्धारा पाठेघरको चेकजांच पनि गरिएको बताए । पछिल्लो समय महिलाहरुमा पाठेघरको समस्या बढ्दो रुपमा देखिएको बताउदै उपचारसंगै सचेतना प्रदान गर्नपाउदा निकै खुसी लागेकोबताए । उनले चेकजांचको क्रममा पाठेघर खसेका, पाठेघरमा मासु पलाएको, किड्नी सुन्निएको समेत भेटिएको बताए । यता स्थानीय महिलाहरु पनि निशुल्क रुपमा पाठेघरको चेकजांच गराउन पाउदै निकै खुसी भएका छन् ।

शिविरमा वडा न. ३ का १ सय ८४ जना महिलाहरुले स्वास्थ्य परिक्षण गरिएको छन् । यस्तै १ जना १३ जना महिलाहरुको भिडियो एक्सरे, ६१ जनाले रगत र पिसाब जांच गराएका छन् । टिकट कटाएर पालो नपाएका महिलाहरुको भने आईतबार चेकजांच गरिने बताइएको छ । युनाईटेड हस्पिटलको प्राविधिक सहयोग तथा वडा नं. ३ को वडा कार्यलयको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरको औपचारिक उद्घाटन कार्यक्रम सहकारीका अध्यक्ष मुनाराम चालिसेको अध्यक्षतामा सम्पन्न भएको हो । शिविरमा नगरका जनप्रतिनिधि र कर्मचारीले स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : २५ बजे