३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कफि बारिस्ता तालिमको कमाल, ४ जनाले पाए प्रत्यक्ष रोजगारी



हरि घिमिरे । कपिलवस्तुको बाणगंगामा संचालित कफि बारिस्ता तालिमबाट चार जनाले रोेजगार पाएका छन् । होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु र बाणगङा नगरपालिकाको सहकार्यमा संचालित तालिममा सहभागि उत्कृष्ट चार जनाले रोजगार पाएका हुन् । बाणगंगामा होटल ब्यबसायी तथा बेरोजगार युवारयुवती लक्षित निःशुल्क होटल ब्यबस्थापन अन्तर्गत २० दिने “कफि बारिस्ता” तालीम संचालन भएको थियो ।

कफि बारिस्ता तालिमको विहिवार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले नगरको आर्थिक सहयोगमा रोजगारीको ग्यारेन्टी सहितको कफि बारिस्ता तालिम बाट चार जनाले रोजगार प्रप्त गर्नु आफौमा खुसिको कुरा रहेको बताए । उनले यस्ता किसिमका सिपमुलक तालीमहरु आयोजना गरि सफलता पुर्बक सम्पन्न गरेकोमा होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तु लाई धन्यवाद दिए । मेयर अर्यालले भने “नयाँ नयाँ सोच, योजना र रोजगार संग जोड्ने कार्यक्रमलाई हामिले प्राथमिकतामा राखेका हुन्छौं ।” यस्तै मेयर अर्यालले बेम्बो हेन्डी क्राफ्ट, वेटर तालीम, कफि बारिस्ता, केक तथा बेकरी, सरसफाइ संग सम्बन्धित फिनेल, हर्पिक, कोलिन उत्पादन जस्ता नयाँ नयाँ तालीम अन्र्तगत ब्यवसायी एंव बेरोजगार युवारयुवति लक्षित कार्यक्रममा नगरको आर्थिक सहयोगलाई सहि सदुपयोग गरेकोमा आयेजक संस्थालाई विशेष धन्यवाद दिए ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले तालिम, तालिमका लागि मात्र नभएर केहि युवा युवति रोजगारमा जोडिनु भएकाले तालिमको सहि सदुपयोग भएको बताए । उनले यस्ता अन्य शिपमुलक तालिम प्राप्त युवा युवति हरुलाई रोजगारमा जोड्न सके मात्र तालिमको औचित्य हुने बताए । प्रमुख प्रशासकिय अधिकृत भुसालले होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुले तालिममा सहभागि हरुलाई रोजगारको व्यवस्था मिलाएकोमा आफुहरु खुशि रहेको बताए ।

कार्यक्रममा होटलतथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलको अध्यक्षता, नगरप्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्थता, नगरपालिकाक प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको विशिष्ट आतिथ्यता, नगरपालिकाका सुुचना अधिकारी केशवराज भट्टराईको आतिथ्यता रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव रोमलाल पौडेलले गरेका थिए । कार्यक्रममा विभिन्न किसिमका स्वरोजगार मुलक सृजनात्मक कार्य गरेकोमा नगरप्रमुख चक्रपाणी अर्यालले होटल तथा पर्यटन ब्यबसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेललाई सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : १० बजे