२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

एक नम्बर वडाले जित्यो मेयर कप, दुई नम्बर वडासंग हारको बदला



कपिलवस्तु । ‘चौथो बाणगंगा मेयर कप’ फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ ।

जनता मावि पिपराको खेल मैदानमा बुधवार भएको निकै संघर्षपूर्ण फाइनल खेलमा वडा नम्बर २ लाई १–० ले हराउँदै वडा नम्बर १ ले मेयर कप आफ्नो पोल्टामा पारेको हो । यो जितसंगै वडाले दोश्रोपटक मेयर कप जितेको छ । वडालाई जिताउन खेलको अन्तिम समयमा विशाल अधिकारीले निर्णायक एक  गोल गरे ।

खेल सकिन ५ मिनेट रहेको अवस्थामा उनले आकर्षक गोल गरेका थिए । उनै अधिकारी फाइलन खेलका ‘म्यान अफ दि म्याज’ भए । यो जितपछि गत संस्करणमा फाइनल खेलमा भोगेको हारको बदला लिन वडा नम्बर १ सफल भएको थियो । गतबर्ष वडा नम्बर २ ले १ लाई हराउँदै लगातार दुईपटक उपाधि जितेको थियो ।

जितसगैं १ नम्बर वडाले रु. एक लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।त्यस्तै उपविजेता बनेको वडा नम्बर २ ले नगद रु. ७५ हजारसगैं शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।  विजेताहरुलाई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु पन्थी, मेयर चक्रपाणी अर्याल लगायतले पुरस्कार दिएका थिए ।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ८ : ०५ बजे