३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

राष्ट्रपति पौडेलले छोडे काँग्रेस, जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत



काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

पौडेलले आइतबार केन्द्रीय कार्यसमिति सदस्यका साथै साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार अइतबारदेखि नै लागू हुने गरी पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

साथै, देउवाले राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यम्पादन गर्न पौडेल सफल हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : ५७ बजे