८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

निर्वाचन आयोग भन्छः उपराष्ट्रपतिका चारै जनाको उम्मेदवारी कायम छ



काठमाडौँ । उपराष्ट्रपतिको चुनावमा मनोनयन गर्ने चारै जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ।

चैत ३ गते तय भएको चुनावमा शनिबार चार जनाको उम्मेदवारी दर्ता भएको थियो।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको आइतबार ५ बजे प्रकाशित गरेको अन्तिम उम्मेदवारको सूचीमा जनता समाजवादी पार्टीका २ र जनमत पार्टी र नेकपा एमालेबाट १(१ जनाको उम्मेदवारी कायम रहेको जनाएको हो।

जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारीको उम्मेदवारी कायम छ। यद्यपि जसपाको आधिकारिक उम्मेदवार यादव बनाउने ८ दलबीच समझदारी बनेको छ।

यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य ९बोहरा० छन्। सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ४४ बजे