३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

एमाले प्रमुख सचेतकमा पदम गिरी, युवा नेता बर्तौलाको सचेतकमा फड्को



काठमाण्डौँ । नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेको छ।

निवर्तमान स्वास्थ्यमन्त्री गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

एमालेका गिरी मंसिर ४ को निर्वाचनमा पर्वतबाट विजयी भएका थिए। उनले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २२ सय मतान्तरले हराएका थिए।

गिरीले पुस ११ गते गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ४२ दिन काम गरे। एमालेले सरकार छाड्ने निर्णयसँगै स्वास्थ्य मन्त्रालयबाट बाहिरिएका थिए।

त्यसैगरी एमालेले प्रतिनिधिसभाको सचेतकमा अर्का युवा सांसद महेश बर्तौलालाई नियुक्त गरेको छ।

एमालेमा बौद्धिक युवा नेताका रुपमा परिचित बर्तौलाले मकवानपुर क्षेत्र नम्बर २ मा आफ्नै गुरु एवम् नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई हराएका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ३७ बजे