२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

रंगिन होली मेलाः निसीखोलामा आज सम्झना लामिछाने आउने



वाग्लुङ । निसीखोला गाउँपालिकास्थित रंगिन युवा क्लव वडानम्बर चार झिवाखोलाले आयाजना गरेको रंगिन होली मेलामा आज पनि  राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । शनिबारदेखि सुरु भएको मेलामा आज राष्ट्रिय लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगरको प्रस्तुति रहने भएको क्लवले जनाएको छ ।

आज नै वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिवलका खेल पनि हुने छन् भने खुला आईडल डान्स, माछा छोपाई तथा खुल्ला ब्याडमिन्टन लगायतका कार्यक्रम पनि हुने मेला संयोजक टिका चन्दले बताए । साथमा स्थानीय कलाकार, बाजागाजा र भजनमण्डलीको पनि प्रस्तुति रहने बताइएको छ ।

हिजो पहाडको होली । होली मनाउन आज वाग्लुङका बिभिन्न ठाउँका साथै पोखरा, रुकुम, प्युठान, गुल्मी लगायतका ठाउँबाट हजारौँको संख्यामा युवायुवतिहरु झिवाखोला आएर रमाएका थिए ।
क्लवको १६ औँ वार्षिक उत्सव पनि संगै मनाउने कार्यक्रम अनुसार २४ गतेसम्म हुने मेलामा बिभिन्न खेलकुद लगायतका कार्यक्रम रहेका छन् ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ७ : २५ बजे