३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

होली विशेष

झिवाखोलामा रंगिन क्लवको होली मेला, आज खेम सेन्चुरी आउँदै



वाग्लुङ । निसीखोला गाउँपालिका वडानम्बर चार झिवाखोलामा आज फागु पूर्णिमा अर्थात् होलीको अवसरमा विशेष कार्यक्रम हुँदै छ । रंगिन युवा क्लवको आयोजनामा शनिबारदेखि रंगिन होली मेला सुरु भए पनि आज भने विशेष सांस्कृतिक कार्यक्रम राखिएको छ । आजको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक खेम सेन्चुरी, स्थानीय कलाकार लगायतको प्रस्तुति रहने रंगिन क्लवले जनाएको छ ।

होली मनाउन आज वाग्लुङका बिभिन्न ठाउँका साथै पोखरा, रुकुम, प्युठान, गुल्मी लगायतका ठाउँबाट हजारौँको संख्यामा युवायुवतिहरु झिवाखोला आउने क्लवका मेला संयोजक टिका पुनले बताए । आज नै खेल मैदान निर्माण गर्ने क्रममा जग्गा दान गर्ने तथा सहयोग गर्ने सबैलाई सम्मान गर्ने कार्यक्रम राखिएको क्लवका अध्यक्ष नन्दलाल रेग्मीले बताए ।

कार्यक्रमको प्रमुख अतिथिमा निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घती रहेका छन् । क्लवको यो कार्यक्रमको लागि गाउँपालिकाले सहयोग गरेको छ ।

क्लवको १६ औँ वार्षिक उत्सव पनि संगै मनाउने कार्यक्रम अनुसार २४ गतेसम्म हुने मेलामा बिभिन्न खेलकुद लगायतका कार्यक्रम रहेका छन् ।

मेला संयोजक टिका चन्दका अनुसार वडा स्तरीय खुल्ला महिला तथा पुरुष भलिवल, रंगिन खुला आईडल डान्स, माछा छोपाई तथा खुल्ला ब्याडमिन्टन लगायतका कार्यक्रमको आयोजना गरिएको छ। प्रतियोगिताकै रोचक पुरष भलिवलका विजेताले ७० हजार र उपविजेताले ४० तथा महिलातर्फ विजेता र उपविजेताले ३५ र ३५ हजार पुरस्कार पाउने क्लवका छ ।

आज बाजागाजा र भजनमण्डलीसहितको टोलीले प्रस्तुति दिने बताईएको छ। मेलामा खेलकुदका कार्यक्रम भोलिबाट सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : ५४ बजे