४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

यसरी सुरु भयो रंगिन क्लवको होली विशेष कार्यक्रम [फोटो फिचर]



वाग्लुङ । निसीखोला गाउँपालिका वडा नम्बर चार झिवाखोलाले फागु पूर्णिमा अर्थात् होलीको अवसरमा आयोजना गर्ने होली विशेष कार्यक्रम रंगिन होली मेला शनिबारबाट सुरु भएको छ ।

क्लवको सक्रियतामा झिवाखोलामा बनेको खेल मैेदानमा तामझामका साथ मेला सुरु भएको हो । क्लवको १६ औँ वार्षिक उत्सवसंगै सुरु भएको कार्यक्रमको क्लवका संस्थापक अध्यक्ष तुलसीराम रेग्मीले रिवन काटेर उद्घाटन गरेका थिए । त्यसअघि बाजागाजा र भजनमण्डलीसहित झिवाखोला बजार परिक्रमा गरेको र्यालीका क्रममा स्थानीयलाई टिका र खादाले अभिनन्दन गरिएको थियो भने स्थानीयले पनि उत्साहजनक सहभागिता जनाएका क्लवका अध्यक्ष नन्दलाल रेग्मीले बताए ।

होलीका अवसरमा बाग्लुङ जिल्लामै क्लबले हरेक बर्ष विशेष कार्यक्रम गर्ने भएकाले होलीको  दिन  हजारौँ दर्शकको सहभागिता हुने उनले बताए । होलीको दिन राष्ट्रिय कलाकार खेम सेन्चुरी लगायतको प्रस्तुति रहने रंगिन क्लवले जनाएको छ । सो दिन क्लवलाई जग्गा दान गर्ने तथा सहयोग गर्ने सबैलाई सम्मान गर्ने कार्यक्रम राखिएको सचिव उमानन्द रेग्मीले बताए ।

२४ गतेसम्म हुने मेलामा बिभिन्न खेलकुद लगायतका कार्यक्रम रहेका छन् । मेला संयोजक टिका चन्दका अनुसार वडा स्तरीय पुरुष तथा खुल्ला महिला भलिवल, रंगिन खुला आईडल डान्स, माछा छोपाई तथा खुल्ला ब्याडमिन्टन लगायतका कार्यक्रमको आयोजना गरिएको छ। प्रतियोगिताकै रोचक पुरष भलिवलका विजेताले ७० हजार र उपविजेताले ४० तथा महिलातर्फ विजेता र उपविजेताले ३५ र ३५ हजार पुरस्कार पाउने क्लवले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : २१ बजे