२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

दाङका दुई युवाले जिते चिठ्ठामा नयाँ बस



काठमाडौँ । दुई युवा बस व्यवसायीले चिठ्ठामा नयाँ बस जित्न सफल भएका छन् । तुलसीपुरको त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिले राखेको चिठ्ठामा नयाँ बस जित्न सफल भएका हुन् ।

त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिको चिठ्ठा प्रणाली बाट बबई ७ मलईका बस व्यवसायी विष्णु पुन र अर्का तुलसीपुरका बिशाल चन्दले नयाँ बस उपहार पाएका हुन् । कोही अबिर दलिरहेका थिए, कोहीले खादा ओढाइरहेका थिए।

कोही ताली पिटिरहेका थिए त कोही खुसीले हुटिङ गरिरहेका थिए। यो दृष्य मंगलबार दिउँसो २ बजेपछिको दाङ तुलसीपुरस्थित बिएस पार्टी प्यालेसको हो। झन्डै ६ सय हाराहारीमा मानिसहरू दुई युवालाई अबिर, खादाले सम्मान गर्दै उनीहरूलाई बधाई दिइरहेका थिए।

दुई युवाको अनुहारमा खुसी प्रष्ट झल्किएको थियो। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं। २ का विशाल चन्द र दाङको बबई गाउँपालिका वडा नं। ७ मलैका विष्णु पुनलाई बधाई थाप्न भ्याइनभ्याई थियो।

उनीहरू दुबै जनाका बस राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिमा आवद्ध रही फरक– फरक ठाउँमा सञ्चालन हुँदै आएका छन्। विशाल नेपाल प्रहरीका सहायक हवल्दार पनि हुन्। उनी हाल तुलसीपुरस्थित बसपार्क काउन्टरमा कार्यरत छन्।

कसरी जिते बसरु राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिले दुर्घटना न्यूनीकरण र राम्रो काम गर्ने चालकलगायत मजदुरका लागि हरेक वर्ष विभिन्न पुरस्कार तथा प्रोत्साहनका कार्यक्रम गर्दै आएको छ। सोही कार्यक्रम अनुसार गाडी धनीहरूका लागि बम्पर चिठ्ठा आयोजना गरेको थियो।

यसअघि २०७६ सालमा पनि दुर्घटना न्यूनीकरण गर्ने कोषमार्फत् ६ सय गाडी धनी बराबर एक चालक सम्मान कार्यक्रम आयोजना गर्दा ६ जना चालकलाई गोला प्रथाद्वारा जनही ५१ हजार रुपैयाँ पुस्कार दिएको थियो।

सल्लाहपछि एउटा नयाँ बस किन्ने र त्यसलाई चिठ्ठामार्फत् भाग्यमानी व्यवसायी छनोट गर्ने निर्णय भएको प्रालिका अध्यक्ष सुरेश हमालले बताउनुभयो। सिप्रदीले सहुलियतमा प्रदान गरेको बस ल्याएर प्रालिले आफ्ना करिब ६ सय गाडी धनीबाट भाग्यशाली चिठ्ठा खोलेको हो।

‘हामीले त एउटैलाई बस चिठ्ठा पर्ला भनेर ठानेका थियौं,’ अध्यक्ष हमालले भने, ‘त्यसमा दुई जना भाग्यमानी साबित हुनुभयो। प्रालिले आसन्न अधिबेशन तथा साधारणसभाको अबसरमा बस उपहार प्रदान गरेको प्रालिका अध्यक्ष शुरेस हमालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : १५ बजे