५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आजको मौसम सफा, प्रदेश १ मा आज मेघगर्जन र चट्याङ सहित वर्षा हुने



काठमाण्डौ । प्रदेश नम्बर १ मा आज शुक्रवार मेघगर्जनरचट्याङको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार प्रदेश १ का केही क्षेत्रमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ ।

अब बिस्तारै प्रि–मनसुनी गतिविधि सुरु हुने मौसमविद्ले बताएका छन् । हिउँदयाम सकिएपछि प्रि–मनसुन सुरु हुन्छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदयाम सकिन अब पाँच दिनमात्रै बाँकी छ । यसपालिको हिउँदमा खासै वर्षा हुन सकेको छैन । यसले गर्दा सुक्खा बढाएको छ ।

प्रि–मनसुनमा सुक्खा हुने, चट्याङ पर्ने, तीव्र गतिमा हावाहुरी चल्ने र आगलगाीका घटना बढ्ने भएकाले सचेत रहन मौसमविद्को सुझाव छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ५६ बजे