३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

हरि घिमिरे भन्छन् ‘ध्वस्त रेडियो उठाएँ, अहिले छापामार शैलीमा निकालियो’



कपिलवस्तु । म्याजिक इन्टरटेन्मेन्ट प्रालीद्धारा कपिलवस्तुको वाणगंगा नगरपालिकामा संचालित रेडियो हर्टविटको स्टेसन म्यानेजर पदबाट निष्काषित भएपछि पिताम्बर घिमिरे ( हरि) ले संचालक समितिप्रति कडा आपत्ति जनाएका छन् ।

रेडियोका लगानीकर्तासमेत रहेका घिमिरेले संस्थागत नियम कानुन मिचेर आफूलाई अपमानजनक ढंगबाट छापामार शैलीमा निकालिएको भन्दै आपत्ति जनाएका हुन् । संचालक समितिले अहिले स्टेसन म्यानेजरको रुपमा वाणगंगाका पत्रकार अशोक पौडेललाई नियुक्त गरेको छ ।
संचालक समितिका पूर्व अध्यक्ष कृष्ण भट्टराई, वर्तमान अध्यक्ष धातानन्द भुषाल, वरिष्ठ उपाध्यक्ष तुलसीप्रसाद अर्याल, महासचिव केशव सापकोटा लगायतका केही व्यक्तिको डिजाइनमा राजनैतिक पूर्वाग्रह साँधेर विनाकारण आफूलाई निकालिएको घिमिरेले हाम्रो रोजगारीलाई बताए ।

२०७७ । ६ । १५ गते स्टेसन म्यानेजरको नियुक्ति पत्र पाएका उनले लथालिङ्ग र ध्वस्त भएको रेडियोलाई उठाएर फाइदामा लगेबापत् अहिले निकालिएको भन्दै दुखेसो  पोखे । आफुले नियुक्ति लिँदा रेडियोको स्थिति निकै नाजुक र लथालिङ्ग रहेको स्मरण गर्दे उनी भन्छन् ‘मैले नियुक्ति खाँदा रेडियोको करिब १० लाख रिन थियो । कर्मचारीले ५ । ५ महिना तलव खाएका थिएनन् । ८ । १० हजार तलव खाने कर्मचारीको दिने तलब बढेर ५०/५० हजार पुगेको थियो । कर्मचारी असन्तुष्ट थिए । रेडियो ध्वस्त र बन्द हुने स्थितिमा थियो । यस्तो अवस्थामा चुनौति मोल्दै रेडियोको काँध थापेको थिएँ । त्यो सबै विर्सेर आज विनाकारण मलाई अपमानपूर्वक निकालिएको छ । आवश्यक परेमा यसको कानुनी उपचार खोज्ने छु ।’

अहिले स्टेसन म्यानेजरमा नियुक्त भएका पौडेल आफ्ना पूर्वसहकर्मी रहेको भन्दै उनीमाथि कुनै गुनासो नरहेको घिमिरेले बताए । उनले थपे ‘मेरो पौडेलप्रति कुनै प्रश्न छैन । उनी आउँदा म खुसी नै छु तर मलाई निकाल्न संचालकले किन छापामार शैली अपनायो ? मैले के विगारेको थिएँ ? मैले कहाँनेर गल्ती गरेँँ ? गल्ती र कमजोरी भएको भए मलाई जानकारी दिनुपर्ने, समय दिनुपर्ने ? तर किन निकालियो नै मैले अझैसम्म जवाफ पाउन सकेको छैन । दिनभर रेडियोको काममा थिएँ । साँझ कार्यालयमा आउँदा मेरो पदमा अरु कोही आइसकेको रहेछ । १ घण्टाको अवधिमा यस्तो गरिएको छ ।’

रेडियोको लागि कोरोना करहमा गरेको दुख सम्झेर अहिले आँशु आएको उनी बताउँछन् । आफ्नो कार्यकालको करिब ३ बर्ष आफूले समयमा तलव नखाइनखाई कर्मचारीलाई तलब खुवाएको उनले बताए । रेडियोलाई अहिले ठिक स्थितिमा ल्याएको, घाटाको डियोलाई गतवर्ष मुनाफामा लगेको, अहिले पनि रेडियोको अवस्था ठिक रहेको उनले बताए । केही महिना कर्मचारीले तलब खान नसकेको भए पनि अहिले ८ लाख बढीका बिभिन्न कार्यक्रम सम्झ्यौता भएको र केही महिनामा तलव खाने स्थिति रहेको उनले बताए ।

सुरुमा मार्केटेङ म्यानेजर, सहायक मयानेजर, निमित्त म्यानेजर हुँदै स्टेसन म्यानेजरमा आएको भन्दै आफूलाई कमजोर नआँँक्न उनले संचालक समितिलाई चेतावनी दिएका छन् । उनले रातारात निकालिनुमा ठुलै योजना रहेको समेत सुनाए । घिमिरे नीजि रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन [वान]को केन्द्रीय दस्यसमेत हुन् ।

यता संचालक समतिका अध्यक्ष धातानन्द भुसालले सबै शेयरधनीको निर्णय बमोजिम नयाँ स्टेसन म्यानेजर नियुक्त गरिएको हाम्रो रोजगारीलाई बताए । शेयरधनी ब्यक्ति नै स्टेसन म्यानेरमा राख्दा कार्यसमपादनमा बिभिन्न समस्या आएको कारण संचालकले यसअघि नै यस्तो सोँच बनाएको भुसालले बताए । उनले भने घिमिरेभन्दा अघि पनि लगानीकर्तामध्येबाटै मयानेजर थिए ।

त्यतिखेर पनि समस्या आयो । अहिले पनि आयो र ब्यवस्थापक मानिस बाहिरबाटै ल्याउँदा संस्थागत हित हुने देखेर नयाँ निर्णण गरिएको हो । हरिमाथि हाम्रो अरु कुनै पूर्वाग्रह छैन । घिमिरे निकालिनुका पछाडीका अरु कारण भन्न नमिल्ने उनले बताए । वि सं २०७३ भदौ २३ गते स्थापना भएको रेडियोमा २६ जना शेयर सदस्य छन् ।

यसैबीच घिमिरेलाई निकालिनु न्यायसंगत नभएको भन्दै कर्मचारीले राजिनामा दिन थालेका छन् । रेडियोका सहायक स्टेसन म्यानेजर हरि आचार्यले घिमिरेमाथि अन्याय भएको भन्दै पदबाट राजिनामा दिएका हुन् । अन्य कर्मचारी पनि संचालक समितिको निर्णयबाट सन्तुष्ट नरहेका बताइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ५ : ०५ बजे