४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सुनको मूल्य फेरि घट्यो, आज कति ?



काठमाण्डौँ । सुनको मूल्य बिहीबार फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा छ सयले सस्तो भएको हो।

योसँगै आज छापावाल सुन १ लाख ३ हजार र तेजाबी सुन १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

यता चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन छापावाल सुन १ लाख ३ हजार ६ सय, तेजाबी सुन १ लाख ३ हजार १ सय र चाँदी १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : २१ बजे