२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन



काठमाण्डौँ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। अस्पतालकी मेडिकल डाइरेक्टर डा। निजिमा ताम्राकारका अनुसार १० बजेर ५८ मिनेटमा आमा हरिकलाको निधन भएको हो।

‘अहिले बिहान १०ः५८ मा उहाँको निधन भएको हो,’ डा ताम्राकारले भनिन्।

सिलिन्डर ग्यास विस्फोट भएपछि गएराति उनीहरुलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।

सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गएराति घाइते भएका थिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : ०० बजे