४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नागरिक लगानी कोषको ७५ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य नै ७४३ रुपैयाँ



काठमाडौं। एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।

बैंकले कोषमा आफ्नो स्वामित्वमा रहेको ७५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो। संस्थापक सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले मंगलबारदेखि फागुन १० गतेसम्म बोलकबोल गर्न सक्नेछन्।

लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्ने बताइएको छ। बोलकबोलका लागि न्यूनतम मूल्य प्रति कित्ता ७४३ रुपैयाँ तोकिएको छ।

आवेदन एनआइसी एसिया क्यापिटल, एनआइसी बैंकको कर्पोरेट कार्यालय र बैंकका शाखा कार्यालयहरुबाट पेस गर्न सकिने बताइएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १२ : ०५ बजे