५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल-नामिबियाः हिरासतबाट फर्किएको पहिलो खेलमै सन्दिपले लिए विकेट



काठमाण्डौँ । आइसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियासँग खेलिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए। केन्या सिरिजपछी मैदान फर्केका सन्दीपले पहिलो विकेट लिएपछि मैदानमा नै भावुक बनेका थिए।

११ औँ ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो दोस्रो बलमा नै विकेट लिए।

सन्दीपले दोस्रो बलमा केर्ल ब्रिकेनस्टोकलाई बोड आउट गरे। १२ औँ ओभरमा सन्दीपले मात्र १ रन दिए। सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र ३ रन दिएर १ विकेट झारे। नाबालिग वलात्कार काण्डपछि हिरासतबाट फर्किएपछिको सन्दिपको यो पहिलो खेल खेल हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ११ : १३ बजे