२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कपिलवस्तुमा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाउँदा जे देखियो



तौलिहवा । कपिलवस्तुमा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइएको छ । कपिलवस्तु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको उपस्थितिमा दिवस मनाइएको हो ।

दिवसको अवसरमा भाइरस लोड भएका विरामीसंग स्वास्थ्यकर्मीले अन्तरक्रिया कार्यक्रम राखेका थिए । कार्यक्रममा भाइरसले शरीरमा पार्ने प्रभाव र यसबाट बच्ने उपायबारे जानकारी गराइएको थियो ।

हरेक बर्ष ‘भ्यालेन्टाइन डे’को अघिल्लो दिन अन्तर्राष्ट्रिय कन्डम दिवस मनाइने गरिन्छ । कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले अन्तर्राष्ट्रिय कण्डम दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा तौलिहवाका विभिन्न स्थानमा पुगेर स्वास्थ्यकर्मीहरुले निशुल्क कण्डम पनि वितरण गरेका थिए ।
तस्बिरमा हेर्नुहोस्

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : १३ बजे