२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

ज्ञानपुञ्जद्धारा डान्स आइडल ग्रिष्मालाई ५० हजारको छात्रवृत्ति सम्मान



कपिलवस्तु । वाणगंगा २ स्थित ज्ञानपुञ्ज वोर्डिङ स्कुलले ११ औँ कपिलवस्तु डान्स आइडल विजेता ग्रिष्मा गाहालाई ५० हजार बराबरको छात्रवृत्ति दिने निर्णय गरेको छ ।

सोमबार आकस्मिक बसेको विद्यालय संचालक समितिको वैठकले विद्यालयको नाम उँचो पार्ने गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको उपाधि हासिल गरेकी गाहालाई प्रोत्साहन स्वरुप सो रकम बराबरको छात्रवृत्ति दिने निर्णय गरेको हो ।

गाहाको आज विहान भएको सम्मान कार्यक्रममा विद्यालयका अध्यक्ष पदमलाल अधिकारीले डान्स आइडल रानालाई बधाई दिँदै शुभकामना दिए । उनले यो उपाधि जिताउने नृत्य प्रशिक्षक, विद्यालय परिवार, मत दिने दर्शक र आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघलाई धन्यबाद दिए ।
साथै विद्यालयले तत्कालको लागि रियालाई नगद पाँच हजार र नृत्य प्रशिक्षक रिया सेनलाई नगद १० हजार रुपैयाँले सम्मान गरेको प्रिन्सिपल सुरेन्द्र पाण्डेले बताए । डान्स आइडल ग्रीष्मा अहिले कक्षा ८ मा अध्ययनरत छिन् । कार्यक्रममा बोल्दै उनले आफ्नो नृत्य यात्रा अझै जारी रहने भन्दै सबैलाई धन्यबाद दिइन् ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले वडा नम्बर २ को बासिन्दा हुन पाएकोमा खुसी ब्यक्त गरे । उनले भने ‘२ नम्बर वडाको बासिन्दा हुँ भन्दा धेरै खुसी लाग्छ । ग्रीष्मा र ज्ञानपुञ्जजस्ता स्कुल मेरो वडामा छन् । दोश्रो पटक वडा अध्यक्षमा जितेपछि अहिलेसम्म माला, फुल र अविर लगाइरहेको छु । यहाँका संघसंस्था र विद्यालयले एकपछि अर्को गर्दै बिभिन्न पुरस्कार जितिरहेका छन् । यो नतिजाको लागि अहोरात्र खट्ने विद्यालय परिवार, ग्रिष्मा, नृत्य प्रशिक्षक, आमाबुबा सबैलाई धन्यबाद दिन्छु । विद्यालयको थप प्रगतिको कामना गर्दछु ।’

सम्मान कार्यक्रम संचालक विद्यालयका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरेले ११ औँ डान्स आइडलले विद्यालयको शिर थप उँचो भएको बताए । हरेक क्षेत्रमा विद्यालय उत्कृष्ट रहँदै आएको बताउँदै आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा उजागर गर्न विद्यालयले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।

कार्यक्रममा विद्यालयका संचालकहरु श्ंकर पाण्डे, गोविन्द खनाल, गोविन्द पोख्रेल, नरायण पौडेल, बाबुराम घिमिरे, अभिभावक रेशम पन्थी, भाइस प्रिनविद्यार्थी र अभिभावकको सहभागिता थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : ०१ बजे