२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

स्ववियुको स्वागत र सांस्कृतिक कार्यक्रमः दुई दर्जन बढी सम्मानित



वाणगंगा । कपिलवस्तुको वाणगंगास्थित सिद्धार्थ क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) ले बिभिन्न क्षेत्रमा रहेका दुई दर्जन बढी व्यक्तित्वलाई सम्मान गरेको छ ।

क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीको स्वागत र वृहत सांस्कृतिक कार्यक्रमको अवसरमा स्ववियुको कार्यकाल सफल बनाउन भन्दै भूमिका खेलेको भन्दै सभापति शुशिल खत्रीले मन्त्रीदेखि विद्यार्थीसम्मलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु गिरी, सांसद गिरीधारीलाल न्यौपाने, क्याम्पस संचालक समिति अध्यक्ष झविलाल पोख्रेल, उपाध्यक्ष रवि बहादुर काफ्ले, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, निवर्तमान क्याम्पस प्रमुख खेमराज शर्मा, पूर्व क्याम्पसप्रमुख बालाराम ज्ञवाली, क्याम्पस प्रमुख वेदराम अर्याल, सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, कमल पोख्रेल, प्राध्यापक राजकुमार अर्याल लगायतलाई सभापति क्षेत्रीले सम्मान गरेका हुन् । यसका साथै स्ववियुलाई सहयोग गर्ने बिभिन्न मिडियाका पत्रकार, विद्यार्थी, कलाकार, सामाजिक ब्यक्ति लगायतलाई पनि सम्मान पत्र र खादाले सम्मान गरिएको सभापति खत्रीले बताए ।

त्यही अवसरमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खादा, टिका र डायरीले स्वागत गरिएकोे थियो । कार्यक्रममा बोल्दै खत्रीले सबै विद्यार्थीको साझा संस्थाको रुपमा स्ववियू रहेको बताएका थिए ।

स्ववियुले विद्यार्थीको हक अधिकारको रुपमा काम गरेको भए पनि क्याम्पसमा अझै बढी सुधारको आवश्यश्यकता रहेको उनले औँल्याए । उनले क्याम्पस प्रमुखलाई नै अघि राखेर क्याम्पस सुधारका करिब दर्जन प्रश्न पनि राखेका छन् । अब आफ्नो कार्यकाल सकिन लागेको भन्दै यी मागमा वेवास्ता गरिए क्याम्पसमा ताला लगाउने उनको चेतावनी छ । फागुनमा स्ववियुको चुनाव हुन लागेकाले आफ्नो विदाईस्वरुप कार्यक्रम गरिएको उनले बताए ।

आफ्नो कार्यकालभरी क्याम्पसले गर्न नसकेका काम पनि स्ववियूले गरेको भनी आफ्ना कामको विवरण उनले सुनाए । कार्यक्रममा बोल्ने प्रमुख अतिथि स्वास्थ्यमन्त्री पन्थीदेखि सबै वक्ताले सभापति खत्रीको कार्यकाल पूर्णरुपमा सफल रहेको भन्दै शुशिलजस्तो नेतृत्व स्ववियूमा आउन अब मुस्किल रहेको बताए । सांस्कृतिक कार्यक्रम अन्तर्गत चर्चित दोहोरी गायक कुशल वेलबासे लगायका आधा दर्जन बढी कलाकारले प्रस्तुति राखेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : १३ बजे