काठमाण्डौँ । त्यो समय कोरोना भाइरस संक्रमण ९कोभिड–१९० नियन्त्रणका लागि गरिएको लकडाउन जारी थियो। घरबाहिर निस्कँदा मास्क लगाउनु अनिवार्य थियो।
बजारमा मागअनुसार मास्क आपूर्ति हुन सकेको थिएन। भएको पनि धेरै जसो न्यून गुणस्तरको थियो।
२०७७ सालको जेठतिरको कुरा हो। काठमाडौंका विजय गौतम र उनका साथी रोनिक्स ढुंगानाले मास्क उत्पादन गर्ने योजना बनाए। मास्क बनाएर बजारमा पुर्याउने तयारी गरे। दुबै जना मिलेर स्थानीय एक टेलर ९सिलाइ व्यवसायी० सँग सल्लाह गरे।
त्यति बेला सर्जिकल मास्क र कटनबाट बनेका साधारण मास्कको प्रयोग बढी थियो। मानिसहरू विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको ुएन ९५ु मास्क खोज्थे। यस्तो मास्क बजार सहज उपलब्ध थिएन। उनीहरू स्वदेशमै गुणस्तरीय ुएन ९५ु जत्तिकै गुणस्तरीय मास्क बनाएर बजारमा पुर्याउन सकिन्छ भन्ने निष्कर्षमा पुगे।
सबै तयारी भयो तर पैसा थिएन। उनीहरू जम्माजम्मी चार हजार रूपैयाँ लिएर कस्सिए।
ुमास्क बनाउने त भनियो तर लकडाउन थियो। मास्क बनाउन मेसिन चाहिने रहेछ, त्यो पनि थाहा थिएन,ु विजयले भने, ुहामीले स्थानीय टेलरसँग सहकार्य गरेर कतै हातले र कतै मेसिनले सिलाउँदै मास्क बनाउने प्रयास गर्यौं।ु
सुरूका केही मास्क बिग्रिए। प्रयास गर्दै जाँदा राम्रो र प्रयोग गर्न योग्य मास्क बन्यो। प्रारम्भिक उत्पादन आफन्तजन र छरछिमेकलाई बाँडे। मास्क सबैले मन पराए। उनीहरूको हौसला बढ्यो। एउटाको सय रूपैयाँ मूल्य राखेर बजार पुर्याए।
मास्कको माग बढ्यो। तीन जना कर्मचारी राखेर उत्पादन बढाए। विजय र रोनिक्स दुबै जना खटेर डेलिभरीको प्रबन्ध गरे। उनीहरूले काठमाडौं उपत्यकासँगै अन्य सहरहरूमा पनि मास्क पुर्याए। बजारमा मास्कको अभाव पूरा गर्न उनीहरूको उत्पादनले पनि भरथेग गर्यो।
उनीहरूले मास्कको गुणस्तर पनि परीक्षण गराए।
ुहामीले मास्क स्थानीय मेडिकल टिमबाट परीक्षण गरायौं,ु विजय भन्छन्, ुविश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उत्पादन गरेकाले हाम्रो मास्क निर्यातका लागि पनि योग्य ठहरियो।ु
मास्कको माग स्वदेशमा मात्रै होइन, विदेशमा पनि हुन थाल्यो। दैनिक कम्तीमा तीन सय वटा उत्पादन हुन थाल्यो। मास्कबाट दैनिक कम्तीमा ३० हजार रूपैयाँको कारोबार हुन थाल्यो।
कोभिड–१९ कै समयमा मास्क अन्तर्राष्ट्रिय बजारमा पुग्यो। विजयका अनुसार अमेरिका, अस्ट्रेलिया, युएई लगायत थुप्रै मुलुकमा मास्क निर्यात भयो।
ुहाम्रो उत्पादन बैंक, वित्तीय संस्था, सरकारी र गैरसरकारी संस्थाहरूले मन पराए,ु उनले सेतोपाटीसँग भने, ुविदेशबाट पनि माग बढ्न थाल्यो।ु
विजय गौतम, अस्नु थापा ९दायाँ पछाडि० र अडाप्टका सहकर्मीहरू।
मास्क व्यापारबाट उत्साहित उनीहरूको ध्यान तयारी लुगा उत्पादनतिर मोडियो। मास्क बेचेर आर्जन भएको पैसामा केही रकम थपेर ज्याकेट बनाउन सुरू गरे। मास्कबाट सुरू गरेको काम ज्याकेटमा पुगेपछि विजय र रोनिक्सले ुअडाप्टु नाम राखेर व्यावसायिक कम्पनी बनाए।
आफ्ना उत्पादनहरू ुअडाप्टु नाममै ब्रान्डिङ गर्न थाले।
विजयका अनुसार जुनसुकै सिजनमा पनि लगाउन उपयुक्त लुगा उत्पादन गर्ने भएकाले अडाप्ट नाम रोजेका हुन्। अडाप्टले ज्याकेट उत्पादन सुरू गरेको दुई वर्ष भयो। मौसमअनुसार उपयुक्त लुगा उत्पादन गरेको तीन वर्ष भयो।
ुअडाप्टले जुनसुकै मौसममा प्रयोग गर्न सकिने क्याजुअल, हाइकिङ, ट्रेकिङ लुगा तयार गर्छ,ु विजय भन्छन्, ुकतिपय लुगा ग्राहकको रोजाइअनुसार पनि तयार हुन्छ।ु
अडाप्टले विशेष गरी ज्याकेट, टिसर्ट, सर्ट, ट्राउजर, जगर्स, स्विटर, हुडी लगायत लुगा उत्पादन गर्छ। यी सबैको डिजाइन विजय आफैं गर्छन्। मौसमअनुसार उपयुक्त र ग्राहकले रूचाएका लुगा अडाप्टले बजारमा पुर्याउने गरेको विजयको भनाइ छ।
अडाप्टले ज्याकेटसँगै कम्तीमा २० प्रकारका लुगा उत्पादन गर्ने गरेको छ। सबैभन्दा बढी उत्पादन हुने ज्याकेट नै हो। अडाप्टले सात किसिमका ज्याकेट उत्पादन गर्छ। विजयका अनुसार जाडो मौसमका लागि विन्ड प्रुफ ९हावा नछिर्ने०, वाटर प्रुफ ९पानी नछिर्ने० र स्वेट ज्याकेट उत्पादन हुन्छ। मनसुनका लागि कंगारू, जगर्स, ट्रकर र स्नेक प्रिन्ट ज्याकेट तयार हुन्छ।
यीमध्ये सबैभन्दा बढी रूचाइएको विन्ड प्रुफ न्यानो ज्याकेट हो।
ुविन्ड प्रुफ ज्याकेटले हाम्रो कम्पनीको ब्रान्डिङ गरेको छ,ु विजयले भने, ुअरू डिजाइनका ज्याकेटको पनि माग राम्रो छ।ु
अडाप्टले हाल दैनिक पचास वटा ज्याकेट बनाउँछ। यसमा मागअनुसार थपघट पनि हुन्छ। हिसाब गरेर मात्र उत्पादन गर्ने भएकाले सबै ज्याकेट बिक्री हुन्छ।
सुरूमा उनीहरूले फरकफरक रङमा एउटै डिजाइनका ज्याकेट बनाएका थिए। एक महिनामा एक हजार वटा ज्याकेट बिक्री भयो। अनि उत्साहित भएर उत्पादन बढाएका हुन्।
विजय र रोनिक्स दुई जनाले संयुक्त रूपमा सुरू गरेको भए पनि हाल रोनिक्स अडाप्टबाट बाहिरिएका छन्। उनले आफ्नो अलग्गै व्यवसाय सुरू गरेका छन्। अडाप्टको व्यवसाय अहिले विजय एक्लैले सम्हालिरहेका छन्।
ज्याकेटमा ग्राहकहरूको रूचि बदलिइरहने गरेको विजयको अनुभव छ। ग्राहकहरू फरक डिजाइन खोजिरहेका हुन्छन्। अडाप्टले बनाएका ज्याकेटको मूल्य पनि फरकफरक छ। कम्तीमा एक हजार चार सयदेखि बढीमा चार हजार रूपैयाँसम्मको पाइन्छ।
ज्याकेटपछि बढी बिक्री हुने टिसर्ट हो। विजयका अनुसार अडाप्टले बनाएका टिसर्ट सामान्यतया १५ वर्षदेखि माथिको उमेरकाले लगाउन सक्छन्। जाडो र गर्मी दुबै यामका लागि ुपोलो टिसर्टु को माग हुने गरेको छ। यसको एक हजार रूपैयाँ पर्छ।
अडाप्टले विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गरेको विजय बताउँछन्।
ुविदेशी ब्रान्डका टिसर्ट लगाउने धेरै ग्राहक अहिले अडाप्टमा आउनुहुन्छ,ु उनले भने, ुगुणस्तरीय कपडाबाट तयार भएकाले टिकाउ हुन्छ। मूल्य किफायती छ। अहिलेसम्म कुनै गुनासो आएको छैन।ु
मौसमी आवश्यकता अनुसारका सबै लुगा एकै ठाउँमा उपलब्ध हुने गरी अडाप्टले उत्पादन बढाएको उनले बताए। हाल अडाप्टले मासिक सरदर १५ लाख रूपैयाँको कारोबार गर्ने उनले जानकारी दिए।
उत्पादन थप्नुअघि बजार विजय अवलोकन र माग अध्ययन गर्छन्।
ुलुगा डिजाइन गर्नुअघि अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू पनि हेर्छु,ु उनले भने, ुआफ्नो उत्पादन बजारले रूचाउँछ कि रूचाउँदैन भन्ने अनुसन्धान गर्छु।ु
बजारको माग विचार गरेर उत्पादन गर्दा बिक्री नहुने डर हुँदैन।
उनी भन्छन्, ुअहिलेसम्म अडाप्टमा कुनै पनि उत्पादन स्टक छैन।ु
अडाप्टले इन्स्टाग्राम र फेसबुक पेजबाट पनि अर्डर गर्न सकिने व्यवस्था गरेको छ। माग र बिक्री सबैभन्दा बढी काठमाडौं उपत्यकामा छ। यसपछि पोखरामा ज्याकेटको माग बढी छ। अडाप्टले मुलुकभर अर्डर डेलिभरी गर्न डेलिभरी कम्पनीसँग सहकार्य गरेको छ। अमेरिका, अस्ट्रेलिया, जर्मनी, नर्वे, युएई लगायतका मुलुकमा पनि पठाउने गरेको उनले बताए।
स्वदेशी ब्रान्ड विदेशी बजारमा पुर्याउन सकेकोमा विजय खुसी छन्।
भन्छन्, ुव्यावसायिक अनुभव नभए पनि गुणस्तर र किफायती मूल्यका कारण व्यापार राम्रो भएको छ। कम्पनीको साख कायम गर्दै र उत्पादन थप्दै अघि बढ्ने विचार छ।ु
उत्पादनको बजारीकरणमा आफूलाई समस्या नरहेको उनको भनाइ छ। आफूलाई डिजिटल मार्केटिङको राम्रो अनुभव रहेको उनले बताए।
अडाप्टको कारखाना बौद्धमा छ। पसल नक्साल भगवती मन्दिरबाट सानो गौचरण जाने बाटोमा छ। हाल कारखानामा कटाइ, सिलाइ, फिनिसिङ, प्याकिङ इत्यादिका लागि आठ जनाले नियमित काम गर्छन्। अडाप्टलाई विश्व बजारमा विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्ने विजयको लक्ष्य छ।
रोनिक्स अलग्गिएपछि अडाप्टमा अस्नु थापा जोडिएकी छन्। अडाप्टका उत्पादन गुणस्तरीय बनाउन र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन मेहनत गरिरहेको उनले बताइन्।
स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ,ु उनले भनिन्।
अस्नुले अडाप्टको भविष्य निकै फराकिलो देखेकी छन्।
चार हजार रूपैयाँले साढे दुई वर्षमा व्यवसाय यसरी फैलिएला भन्ने त विजयले पनि सोचेका थिएनन्। उनले यो सफलतालाई अठोट, मेहनत र गुणस्तरको परिणाम मानेका छन्। सेतोपाटीबाट ।