३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

रोजगारदाताहरुसँग द लेप्रोसी मिसन नेपालको अन्तरसंवाद



वाणगंगा । वुटवल क्लष्टर फाउण्ड परियोजना द लेप्रोसी मिसन नेपालको आयोजना र उद्योग व्यापार संघ कपिलवस्तु को समन्वयमा रोजगार विहिन अपांगता भएका व्यक्तिहरुका लागि उर्जासिल अवसर , रोजगारदाताहरु सँग अन्तरक्रियात्मक कार्यक्रम विहिवार ४ नं मा गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले अपांगता भएका व्यक्तिहरुलाई उनीहरुको क्षमता पहिचान गरि सिप र रोजगारीका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।

यस परियोजनाले गर्ने कार्यमा नगरपालिकाले सहकार्य गरेर काम गर्ने उनले बताए ।

नगरका उप मेयर रिता थारुले फरक क्षमता भएका व्यक्तिहरुलाई नगरपालिकाले सहयोग पुर्याउदै आएको बताइन् ।
राम्रो काम गर्ने संस्थाहरु सँग नगरले सहकार्य गरि काम गर्ने समेत उपमेयर थारुको भनाई छ । कार्यक्रममा फाउण्ड परियोजनाका क्लष्टर म्यानेजर बिपिन दासले संस्थाले गर्ने कामको बारेमा प्रस्तुती गरेका थिए । कार्यक्रममा विजनेस डेभलबमेन्ट अफिसर रमेश पोख्रेलले अपांगता भएका व्यक्तिहरुलाई सिप र दक्षता पहिचान गरि अवसर प्रदान गरेको बताए ।

परियोजनाले अपांगता भएका १ सय२६ जनाले रोजगार पाएको , २ सय २६ जनाले विउ पुँजी लिएर काम गरेको परियोजनाका कन्ट्री डाइरेक्टर शोभाखर कडेलले उनले बताए। परियोजनाले १ सय १२ जनालाई तालिम दिएको , ८ सय १२ जनालाई परामर्श दिएको छ । साथै १८ सय रोजगारदातालाई भेटेको जनाएको छ । संघका अध्यक्ष कपिल पौडेलले अपांगता भएका १० जना व्यक्तिहरुलाई उनीहरुको पहिचान गरि रोजगारी दिलाउने प्रतिवद्धता जनाएका थिए ।

परियोजनाले अपांगता भएका युवा युवतीहरुका लागि पुर्ण उत्पादनमुलक तथा सम्मानजनक रोजगारी , समाज तलव तथा सेवा सुविधाको सुनिश्चित गर्ने परिकल्पना गरेको छ । परियोजनाले काठमाण्डौ , ललितपुर , झापा , मोरङ , सुनसरी , रुपन्देही र कपिलवस्तुमा अपांगता क्षेत्रमा काम गरेको छ ।

अपांगता भएका १८ देखि ४५ उमेर समुहका महिला र पुरुषलाई परियोजनाले सहयोग पुर्याएको छ । कार्यक्रममा वाणगंगा स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेल , राष्ट्रिय अपांग महासंघका केन्द्रीय निर्वत मान अध्यक्ष मित्रलाल शर्मा , व्यवसायीहरु हुमनाथ पौडेल , टोपनारायण बेल्बासे लगायतले अपांगता भएका व्यक्तिहरुलाई क्षमता र आवश्यकता अनुसारको रोजगारीका लागि सबैले सहयोग गर्नु पर्ने बताए ।क्लष्टरका रोजगार परामर्शकर्ता गिता अर्यालले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  २ : ०७ बजे