४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राष्ट्र बैंकले साना व्यवसायीलाई दियो यस्तो सहुलियत



काठमाडौं । नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग- व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

यसबाट साना तथा मझौला उद्योग-व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरु लाभान्विन हुने भएका छन् । उनीहरुको उद्योग(व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो सुविधा दिइएको हो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : १८ बजे