३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

प्रदर्शनी वक्तृत्वकलामा हिलबर्ट बोर्डिङकी ऋचा ज्ञवाली प्रथम



कपिलवस्तु । वाणगंगा नगरपालिका बिभिन्न ११ विद्यालयलाई पछि पार्दै वाणगंगा २ पिपराको हिलवर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले प्रदर्शनी वकृत्वकलाको उपाधि जितेको छ । कपिलवस्तु उद्योग वाणिज्य संघद्धारा बुद्ध रंगशालामा संचालित १३ औं कपिलवस्तु महोत्सवमा वाणगंगा नगरपालिकाले आयोजना गरेको वक्ततृत्वकला प्रतियोगितामा हिलवर्ट स्कुलले प्रथम स्थान हासिल गरेको हो ।

सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र विषयक वक्तृत्वकलामा विद्यालयकी छात्रा ऋचा ज्ञवाली खरो उत्रिएकी थिइन् । उनको वक्तृतातालाई नगरको शिक्षा उपसमितिले उत्कृष्ट घोषित गरेको हो ।

उनलाई नगरपालिकाका मेयर चक्रपाणी आर्याल, महोत्सवका संयोजक डोलकराम घिमिरे, महोत्सवका शिक्षा उपसमिति संयोजक वासुदेव घिमिरे लगायतले नगदसहित पुरस्कार दिएका थिए । कार्यक्रमको संचालन शिक्षा युवा तथा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसीले गरेका थिए ।

ज्ञवालीको सफलतापछि विद्यालयका अध्यक्ष दिपक खनाल, प्रबन्ध निर्देशक बुद्धि पौडेल, सह प्राचार्य कुशल पाण्डले धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालय विद्यार्थीका अतिरिक्त क्रियाकलापलाई थप उजागर गर्न जोततोडका साथ लाग्ने बताए ।

गुणस्तरीय शिक्षा प्रदानसंगै विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन कसरी गर्न सकिन्छ भनेर बिभिन्न विधागत कक्षाहरु गरिरहेको सहप्राचार्य पाण्डेले बताए । अहिले विद्यालयमा पब्लिक स्पिकिङ, खेल, संगित, गायन, नृत्य, हस्तलेखन, आदिका छुट्टाछुट्टै कक्षा संचालन भइरहेको पाण्डेले बताए । जिल्लामा पहिलो क वर्गको विद्यालयको छवि बनाएको विद्यालयले आइएसए अवार्ड पनि जितिसकेको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ११ : ५५ बजे