४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सोँचेभन्दा सफल १३ औँ कपिलवस्तु महोत्सवः दिनप्रतिदिन दर्शक बढ्दै



कपिलवस्तु । ठुलो चुनौतिकाबिच संचालन गरिएको १३ औँ कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी सोँचेभन्दा सफल बन्दै गइरहेको आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघले दाबी गरेको छ । सक्षम व्यवसायी, समृद्ध राष्ट्रय र आत्मनिर्भर अर्थतन्त्र भन्ने मुल नाराका साथ गत माघ १७ गतेदेखि महोत्सव सुरु भएको थियो ।

मंगलबार महोत्सव आठौँ  दिनमा छ । उद्घाटन र त्यसपछिको दोश्रो दिनले आयोजकलाई अलिकति तनाव दिए पनि त्यसपछि भने महोत्सवमा लगातार दर्शकको संख्या बढेको महोत्सवका संयोजक डोलकराम घिमिरेले बताए । उनले भने ‘हामी सुरुमा आत्न्छिौँ । मैले साथीहरुलाई भन्ने गर्छु । नआत्तिऔँ दर्शक बढ्दै जान्छन् । महोत्सव सफल हुन्छ । नभन्दै महोत्सव सफलताको नजिक अहिले नै पुगिसकेको छ । माघ २९ सम्मै दर्शकको साथ रहने पुरै विशवास लिएको छु । पछिल्ला दिनमा महोत्सवमा थामिनसकनु भीँड देखिएको छ’ ।

सातौँ  दिनमा मात्र १० हजार दर्शकले महोत्सवको अवलोकन गरेको सचिवालय बताउँछ । कार्यालय व्यवस्थापन संयोजक तथा संघका महासचिव मनोज पौडेलको अनुसार छैठौँ दिनसम्म करिब १ लाख दर्शकले महोत्सवको अवलोकन गरेका र ३ करोड बढीको कारोबार भएको हाम्रो रोजगारीलाई बताए । पछिल्ला दिनमा दर्शकको संख्या ह्वात्तै बढेको उनको दावी छ ।

महोत्सवका निर्देशक छवि रेश्मी पनि महोत्सव सफलताउन्मुख भएको बताउँछन् । उनी भन्छन् ‘महोत्सव सोँचेभन्दा बढी सफल भएको छ । व्यवसायीको स्थिति कठिन हो तर यसपटक केही नयाँपन पनि गरेका छौँ । त्यसले पनि दर्शकको संख्या बढ्दो छ । अब बाँकी दिनमा पनि दर्शक बढाउने गरी व्यवस्थापन गरिँदै छ ।’

२९ गतेसम्म नै दर्शकको संख्या नघटोस् भन्ने हाम्रो योजना छ । गत शनिबार मात्रै २५ हजार बढी दर्शक महोत्सवमा आएका सचिवालय बताउँछ । महोत्सव अवधिभर ५ करोडको कारोबार हुने र २ लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  २ : ०७ बजे