२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सबैभन्दा धेरै च्याटजीपीटी सर्च गर्नमा नेपाल विश्वकै पहिलो



काठमाडौं । ‌ओपेन एआई नामक कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआईं प्रयोग गरी सञ्चालनमा ल्याएको च्याटबट ‘च्याटजीपीटी’ अहिले चर्चामा छ ।

यसले केही टेक्स्ट कमान्डमा नै निबन्ध लेख्नेदेखि प्रोग्रामिङका लागि कोड लेख्नेसम्मका काम गर्छ ।

गुगलमा च्याटजीपीटीबारे सर्वाधिक खोजी गर्ने देशको सूचीमा नेपाल सबैभन्दा पहिलो नम्बरमा छ । गुगल ट्रेन्डको गत एक महिनाको रिपोर्ट अनुसार विश्वमा च्याटजीपीटीबारे सबैभन्दा बढी खोजी गर्ने देशहरूको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ ।

नेपालको मात्र नतिजा हेर्ने हो भने प्रयोगकर्ताहरूले गुगल सर्चमा च्याटजीपीटीको विषयमा थाहा पाउनका लागि सबैभन्दा बढी प्रयोग भएका शब्दहरूमा ‘च्याटजीपीटी’, ‘च्याटजीपीटी लगइन’, ‘च्याटजीपीटी एप’, ‘ह्वाट इज च्याटजीपीटी’ र ‘ओपन एआई’ रहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ३ : ०७ बजे