२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

बालेनको बहादुरी, ह्वील चेयरमा मास्क बेच्नमाथि ‘धरपकड’



काठमाण्डौँ । मकै ब्यापारीलाई खेदेर निकै आलोचनाको अचानोमा थिचिएका काठमाण्डौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह दिनप्रतिदिन अलोकप्रिय निर्णय गर्दा आलोचनामा परेका छन् ।

हचुवामा डोजर आतंक चलाएर चौतर्फी घेराबन्दीमा परेका मेयर शाहले फेरि अर्को नाजायज काम गरे । त्यो काम हो अपाङ्गता भएका ब्यक्तिमाथिको धरपकड । महानगरका प्रहरीले मंगलबार काठमाण्डौको मखन तरणी वहाल अगाडि ह्विल चेयरमा बसेर मास्कबेच्दै गरेका एक जना वृद्ध पुरुषलाई पक्रेर गाडीमा राखेका छन् । सो क्रममा उनीमाथि धरपकडसमेत बताइएको छ ।

यसपछि सामाजिक संजालमा पनि शाहको चर्को आलोचना भइरहेको छ । काठमाण्डौँका पत्रकार श्याम सुन्दर पुडाशैनीले शाहलाई मेन्सन गर्दै फेसबुकमा लेख्छन् ‘बहादुरी भनेको त बालेनको जस्तो पो हुनुपर्छ।काठमाडौंको मखनमा ह्वील चेयरमा बसेर मास्क बेच्दै गरेका अपाङ्गता भएका व्यक्तिलाई बालेन सेनाले धरपकड गरेछन।’ #Balen‘s_bravery

गरिखाने वर्गलाई उठिवास लगाउन मेयर उद्धत भएको भन्दै उनको आलोचना भएको हो । भइरहेको छ । स्थानीय चुनावमा शाहलाई जिताउन मरेरै लागेका अभियान्ता सुमन शायमीले अहिले वालेनको निरंकुशताविरुद्ध सडक आन्दोलन नै चर्काएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : ५६ बजे