४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

महोत्सवको फोटो जोन, टिकटकको केन्द्र बन्दै सचिवालय



कपिलवस्तु । मंगलबारदेखि १३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सुरु भएको छ । उद्योगमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेसंगै महोत्सवको रौनक बढेको हो ।

महोत्सवमा रहेका धेरै आकर्षक कुराहरुमध्ये स्टेजको अगाडि पट्टीको सानो सचिवालय फोटो र टिकटक जोन बनेको छ । उद्घाटनको दिन नै महोत्सवमा आएका अधिकांसले त्यहाँ फोटो खिचे भने उत्तिकै सेल्फी र टिकटक बनाउनमा रमाए ।

सचिवालयको अगाडी यसपटक तिन चार थरीका आकार फोटो खिच्नको लागि बनाइएको छ । एउटा गोलो आकारमा फोटो खिच्ने ठाउँ छ भने एउटा पानको पात आकारमा फोटो खिच्ने ठाउँ बनाइएको छ ।

महोत्सवको नाम लेखिएको पानको पात आकारको रमतो तस्विरलाई पछाडी राखेर फोटो खिच्दा निकै आकर्षक देखिएको दर्शक बताउँछन् । विकास न्यौँपाने भन्छन् लभ आकारलाई ढल्क्याएर राख्दा निकै राम्रो देखिँदो रहेछ । मैले पनि साथीहरुसंग फोटो खिचेर पोष्ट्याईँ हालेँ । राम्रो प्रतिक्रिया आइरहेको छ ।

ती सबैको वरिपरि लाइट पनि जडान गरिएकाले राति झनै राम्रो देखिएको उद्घाटनमा अबेरसम्म बसेका दर्शकले हाम्रो रोजगारीलाई बताए । महोत्सवमा प्रवेश गर्ने वित्तिकै पनि सेल्फी जोन देख्न सकिन्छ ।

महोत्सवको सचिवालयलाई पनि चिटिक्क पारेर सिगारिएको छ । वरिपरी कपिलवस्तु झल्कने पर्यटकीय तस्विर छन् भने भित्र पनि आकर्षक सिनहरु देख्न सकिन्छ । निलो रङमा सजिएर टुसुक्क बसेको देखिन्छ सचिवालय । जसलाई दर्शकले मन पराएका देखियो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : १८ बजे