३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

निहारिका र शिवराज अब पति–पत्नी भएर बस्ने, भयो मिलापत्र



काठमाडौं । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपी शिवराज श्रेष्ठसँग मिलापत्र गरेकी छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ ९४० बमोजिम मिलापत्र गरेकी हुन् ।

अबदेखि उनीहरु श्रीमान्(श्रीमती भएर बस्न राजी भएका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी उनले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको भनेकी छन् । जिल्ला न्यायाधीश ब्रिजेस प्याकुरेलको इजलासले निहारिका र शिवराज सहमति गरेर अदालत पुगेपछि मिलापत्रको आदेश दिएका छन् ।

महोत्तरीको जलेश्वर(९ की निहारिका र धनुषाको क्षिरेश्वरनाथ९३ का शिवराजले मिलापत्रमा ३ वर्ष पहिलेदेखिको प्रेमलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन् ।

‘म र नाबालक छोरा समेतलाई इज्जत अनुसार खान, लाउन, औषधोपचारखर्च, छोराको पढाइ लेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको‘’, मिलापत्रमा भनिएको छ ।

निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १ : ०४ बजे