४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रवि र राजेन्द्रलाई एक परदेशीको मार्मिक पत्र !



काठमाण्डौँ । कुनै बेलाका चर्चित लोक गायक रामप्रसाद खनालले रवि लामिछाने र राजेन्द्र लिङदेनलाई मार्मिक पत्र लेखेका छन् ।

हाल अमेरिकामा रहेका उनले रवि र राजेन्द्र केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको जालमा परेको भन्दै सच्चिने सुझावसहितको पत्र लेखेका छन् । हाल अमेरिकामा रहेका उनले आफ्नो फेसबुकमा लेख्छन् ‘माओवादी, काँग्रेस, एमाले, मधेशबादीहरुले वाक्क दिक्क बनाएका बेला तपाईँहरूले जनतालाई केही गर्छु भनेर आशा देखाउनुभयो, जनताले पत्याए, पूर्ण रूपमा नभए पनि केही हद सम्म वैकल्पिक शक्तिका रूपमा तपाईंहरुलाई रातारात स्थापित गराइदिए । नरिसाउनुहोला मित्रहरू, चुनाव जिते पछि तपाईँहरूले जुन दिन ओलीको जालमा र प्रचण्ड जस्तो अपराधी सरदारको खालमा परेर सत्तामा जाने निर्णय गर्नुभयो जनताले तपाईंहरुलाई पनि यिनले पनि हामीलाई धोका दिए भन्न थालेका छन् ।
हामी राजनीतिबाट अलग रहेका स्वतन्त्र मान्छेहरूलाई पनि तपाईँहरूबाट केही हुन्छ कि, जनताको वैकल्पिक शक्तिको चाहना बुझ्नुहुन्छ कि भन्ने लागेको थियो तर जब चुनावमै पनि, उम्मेदवार छनौटमै पनि कयौँ त्रुटिहरू भए पनि सुध्रिने आशामा थियौँ तर तपाईँहरूको ओली प्रचण्ड सँगको सहयात्राले तपाईँहरू प्रतिको जनविश्वासमा ठुलो प्रश्न उठिसकेको छ ।

अझै पनि त्रुटि सच्याउने अवसर छ ( आम जनतासँग आत्मालोचना गर्दै अपिल गर्नुस् हामी बाट यो गल्ती भयो, हामी सरकारबाट अलग भएर प्रतिपक्षमा बस्छौँ र जनताको आवाज बोल्छौँ भनेर । होइन भने मित्रहरू तपाईँहरू लाई पनि जनताले कानै चिरेका जोगीको कित्तामा हेर्नेछन् । तपाईँहरू ओली, प्रचण्ड, देउवा हरू भन्दा हजार गुणा बेटर हुनुहुन्छ तर तपाईँहरूको ग्राफ हेर्दा स्टक जस्तै ओरालो यात्रामा छ । कृपया यसलाई रोक्नुस् र फेरी जन विश्वास जितेर उकालो लाग्न थाल्नुस् हामी शुभचिन्तकले भन्ने यत्ति मात्रै हो ।

मित्र रबीजी, अपराधीहरू सब मिलेर तपाईँलाई राजनीतिक रूपमा सिध्याउन कुनै कसर बाँकी राख्ने छैनन, यो कुरा मैले तपाईंलाई बारम्बार भनेको छु, बोलेको छु, तपाईँ परिपक्व हुनुपर्‍यो । लिङ्देन जी र तपाईंहरु जस्ता देशको प्रधानमन्त्री बन्ने सम्भावना भएको मान्छे प्रचण्ड र ओलीको मन्त्री भएर के गर्नुहुन्छ रु के गर्न दिन्छन् तपाईँलाई रु देख्नुभयो सबै मिलेर कसरी ब्रेक लगाए रु अझ हेर्दै जानुस् यिनीहरूले के के गर्ने छन् । यती हुँदा पनि अझै पनि तपाईँ लाई गृह कै भोक मित्र, अदालतको संक्षिप्त फैसला मात्र आएको छ पूर्ण फैसलामा अझ के के अङ्कुश लगाउने हुन हेर्न बाँकी नै छ तर तपाईँको हतार पटक्कै मेल खाएको छैन ।

तपाईँको साथी पनि भएको र तपाईँको सधैँ भलो चाहने, तपाईँ स्थापित भएको हेर्न चाहने भएकोले मलाई यती भन्ने अधिकार त छ नि होइन र मित्र रु षड्यन्त्र यती धेरै भैरहेका छन् तपाईँहरू विरुद्ध कृपया बुझ्ने र सोही बमोजिम अगाडि बढ्न तपाईंहरुलाई प्रेरणा मिलोस् मेरो कामना । मलाई तपाईँहरू असफल भएको हेर्नै मन छैन, तपाईंहरुलाई असफल हुने छुट पनि छैन तर तपाईँहरूको ओरालो यात्रा देख्दा पक्कै दुखी भने छु । सत्य तितो हुन्छ । मित्रहरू चुनाव अघि देखी मैले भन्दै आएका, बोल्दै आएका र लेख्दै आएका कुराहरू एक पटक सम्झिनुस् त ?’ हुन पनि रवि र राजेन्द्रको अहिलेका गतिविधिले धेरै नयाँ पुस्ता र युवालाई निरास बनाएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : ४४ बजे