२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

१३ औँ कपिलवस्तु महोत्सव विशेष

नीजि क्षेत्रलाई पर राखेर मुलक समृद्ध बन्दैनः उद्योगमन्त्री भण्डारी

जति दिन सरकारमा वस्छु उद्योग क्षेत्रका समस्या सदनमा प्रवेश गराउँछु



कपिलवस्तु । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले नीजि क्षेत्रको विकास सरकारको प्रथामिकतामा रहेको बताएका छन् ।

नीजि क्षेत्रको विकासविना मुलक बन्न नसक्ने बताउँदै उद्योग मन्त्री भण्डारीले उद्योगी ब्यवसायीका पक्षमा अहिलेको सरकारले नीतिगत रुपमै काम गर्न लागेको बताए ।

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा मंगलबारबाट सुरु भएको ‘१३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९’ को समुद्घाटन गर्दै मन्त्री भण्डारीले अबको संसद वैठकमा आफूले पहिलो पटक नीजि क्षेत्रको विकासको लागि नीतिहरु प्रवेश गराउन लागेको बताए ।

महोत्सवको मञ्चमा उद्योगी ब्यवसायीका सुरा ध्यानपूर्वक सुनेका मन्त्री भण्डारीले आफ्नो भाषण अवधिभर नीजि क्षेत्रको विकासबारे कुराहरु राखेका थिए ।

अब समस्याको समाधान गरेर सभवनाको ढाको खोल्नुपर्ने राज्यको दायित्व रहेको भन्दै उनले भने ‘नीजि क्षेत्रलाई सरकारको नीतिभित्र पर राख्ने हो भने यो नेपालको अर्थतन्त्र अपुरो मात्र ओइन अधुरो हुन जान्छ । यसकारणले यो नीजि क्षेत्रलाई प्रोत्साहन नगरीकन नेपालको अर्थतन्त्र उठ्न सक्दैन ।’

उनले थपे ‘नेपालका रुग्ण, साना मझौला उद्योगहरुको अवस्था जसरी खस्किरहेको छ । हामीले उत्पादन नगर्ने अनि उत्पादन भएका वस्तु मात्र प्रयागे गर्ने । सरकारले यसलाई गम्भिरतापूर्वक सम्बोधन गर्न चाहान्छ ।’

वर्तमान सरकारले तयार पारेको २१ बुँदे नीति तथा कार्यक्रममा पनि नीजि क्षेत्रको विकास प्राथमितामा परेको मन्त्री भण्डारीले दावी गरे
‘सोही अनुसार पहिलो पटक संसदको चालु अधिवेशनबाट सम्बोधन गर्न चाहान्छौँ । एक हप्ताभित्र सबै मन्त्रालयले आआफ्नो रिपोर्ट तयार पार्ने गरी प्रधानमन्त्रीले निर्देशन गर्नुभएको छ । सबै मन्त्रालयले एकसाताभित्र पुरा गर्ने गरी काम गर्नेछौँ । त्यो कार्ययोजनाको जगमा सरकारले आगामी निित र कार्यक्रम तय गर्ने छ । उद्योग वाणिज्य क्षेलाई प्राथमिकतामा राखेर बजेटमै सम्बोधन गर्ने दृढ आकांक्षा सरकारको छ’, व्यवसायीलाई आश्वस्त पार्दै उनले थपे ।

आफू जति दिन सरकारमा भए पनि ब्यवसायीको हितमा काम गर्ने बताए । उनले भनेका थिए ‘कति दिन सरकारमा हुन्छ तर जति दिन वस्छु त्यति दिन नै उद्योग वाणिज्य क्षेत्रका समस्या सदनमा प्रवेश गराउने छु ।’

कपिलवस्तुको विकासको लागि पनि आगामी बजेटमा केही नै केही अनुभुति रहने गरी सम्बोधन गर्ने उनले बताए । कपिलवस्तु ऐतिहासिक र थुप्रै सम्भावना बोकेको जिल्ला रहेकोले यहाँ औद्योगिक क्षेत्र बनाउन आवशयक रहेको उनले बताए । मन्त्री भण्डारीले उद्योग क्षेत्रतर्फबाट कपिलवस्तुलाई आगामी बजेटमा सम्बोधन गर्न यहाँका ब्यवसायीलाई मन्त्रालयमै बोलाएर राय माग्ने मन्त्री भण्डारीको आश्वासन छ ।

उनी बोल्नु अघि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र पूर्व उपाध्यक्ष उमेश प्रधानले उद्योगीका समस्या र वर्तमान अवस्थाबारे कुरा राखेका थिए । मुलुकले नीजि क्षेत्रलाई पर राख्ने, ब्यवसायीका अहिलेका समस्या सम्बोधन नगर्ने हो भने भोलिको स्थिति जटिल रहेको उनीहरुले बताएका थिए ।

कार्यक्रममा यस क्षेत्रका संघीय सांसदहरु बलराम अधिकारी, सरेन्द्रराज आचार्य, राष्ट्रिय सभा सदस्य विमला भट्टराई लगायतले भनाई राखेका थिए । मञ्चमा बोल्ने प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि, ब्यवसायीका नेता लगायतले कपिलवस्तुको विकासको मुद्धा उठाएका छन् ।

संघका अध्यक्ष तथा महोत्सव संयोजक डोलकराम घिमिरेको अध्यक्षता, महासचिव मनोज पोडेलको संचलन र वरिष्ठ उपाध्यक्ष तथा महोत्सव संयोजक छवि रेश्मीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : ३४ बजे