४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

राजनीति

कांग्रेस संस्थापन नेताहरुको निष्कर्षः पदाधिकारीले केन्द्रीय समितिलाई भूमिकाविहीन बनाए



काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरुले कार्यसम्पादन र पदाधिकारीका निर्णयबाट पार्टीले उपलब्धी हाँसिल गर्न नसकेको निष्कर्ष निकालेका छन्।

सोमबार काठमाडौंको बालुवाटारस्थित नेपाल हाउसमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुको भेलाले यस्तो निष्कर्ष निकालेको हो।

उक्त भेलाले केन्द्रीय समितिको भूमिकालाई नेतृत्वले कमजोर बनाउँदै लगेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। ुकेन्द्रीय समितिको भूमिका कमजोर बनाउने गरी कार्यसम्पादन समिति र पदाधिकारीबाट निर्णय हुन थाल्योु, बैठकमा सहभागी एक नेता नैनसिंह महरले भने,ुकार्यम्पादन र पदाधिकारीहरुको निर्णयले पार्टीलाई निश्चित निष्कर्षमा पुर्‍याउन असफल भएको देखियो।

उनले यहीबारे बालुवाटार बैठकमा छलफल भएको पनि जानकारी दिएका छन्।

ुहामीले पार्टी कार्य सम्पादन समिति र पदाधिकारीहरुको निर्णय र त्यसको प्रभावबारे छ्लफल गर्यौँ, उनले भने, ुकेन्द्रीय सदस्यहरुलाई बाइपास गरी निर्णय गर्ने क्रम रोक्न पार्टी सभापतिलाई भेटेर ध्यानाकर्षण गराउँछौँ।

त्यसैगरी बैठकमा वर्तमान राजनीतिक अवस्था, मंसिर ४ को निर्वाचनको समीक्षा र पार्टीको अवस्थाको विश्लेषण पनि गरिएको छ।

बैठकमा सहभागी अर्का नेता कुन्दनराज काफ्लेले पार्टीलाई अब कसरी अघि बढाउनेबारे पनि लामो छलफल भएको जानकारी दिएका छन्।

ुहामीले देशको वर्तमान राजनीतिक अवस्था, मंसिर निर्वाचनको समीक्षा, पार्टीको अवस्थाको विश्लेषण र अबको परिकल्पनाबारे छलफल गर्यौँ, उनले भने, यो छलफललाई अझै बाक्लो गरी अघि बढाउने हाम्रो निष्कर्ष छ।ु

काफ्लेले बुधबार थप अन्य नेता बेलाएर पनि यसबारे छलफल गर्ने तयारी भएको बताए। पर्सि बुधबार पार्टीका अझै धेरै नेताहरु बोलाएर ठूलो छलफल गर्ने गरी आज उठेका छौँ, उनले भने।

काफ्लेका अनुसार आजको बैठकमा आगामी चैतमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र कांग्रेसका भ्रातृसंगठनको अवस्थबाबारे पनि छ्लफल भएको छ।

त्यसैगरी कांग्रेस संस्थानपका नेताहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणबारे पनि कुरा भएकव उनले जानकारी दिए।

बैठक पूर्व उपसभामुख पुष्पा भुषाल, रणबहादुर रावल, गोविन्द भट्टराई, मीनबहदुर विक, नैनसिंह महर, शान्ति परियार, कुन्दनराज काफ्ले ,चीनकाजी श्रेष्ठ, अब्दुल सत्तार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, शान्ति परियार, हरिशरण नेपाली, विद्या तिमिल्सिना, चन्द्र केसी, सुशीला थिङ, रुपा विक, राजीव ढुंगाना, कृष्णकिशोर घिमिरे, गणेश लामा र कर्णबहादुर बुढासहित सहभागी थिए।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : १९ बजे