कपिलवस्तु । उद्योग व्यापार संघ कपिलबस्तुले प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यलाई स्वागत गरेको छ । संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय तौलिहवामा पुगि आचार्यलाई स्वागत गरिएको हो ।
गोर्खा जिल्लाबाट सरुवा भई कपिलवस्तु आएका प्रजिअ आचार्यलाई मायाको चिनो र खादाले सम्मान गर्दै संघले जिल्लाको समग्र शान्ति सुरक्षा र अवस्थाबारे अवगत गराउँदै व्यवसायीका समस्याहरु राखेको अध्यक्ष पौडेलले हाम्रो रोजगारीलाई बताए ।
ब्यवसायीका कुरा सुनेपछि प्रजिअ आचार्यले आफू संवेदनशिल रहेको बताएका पौडेलले बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, संघका बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष यम बहादुर केसि, महिला उपाध्यक्ष गितादेबी पौडेल, बस्तुगत उपाध्यक्ष बेदराज नेपाली, बाणिज्य उपाध्यक्ष शंकर भाट क्षेत्री , महासचिब बासुदेब खनाल , कोषाध्यक्ष शालिकराम आचार्य , सदस्यहरु कृष्ण पौडेल , बेलाल अहमद , अब्दुर रहमान रहेका थिए ।
त्यसैगरी नेपाल उद्योग व्यापार महासङ्घ लुम्बिनी प्रदेस सदस्य मनोज नेपाली , कृष्ण कलवार तथा सल्लाहाकार राम प्रसाद गैरे (हरि) को पनि सहभागिता थियो ।