२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

वैङ्कविरुद्ध आन्दोलनमा ओदारी संघर्ष समिति, पूर्व मेयर थारु पनि सहभागि



कपिलवस्तु । बैङ्क तथा वित्तिय संस्थाले बढाएको ब्याजदर र नेपाल राष्ट्र वैङ्कबाट जारी चालु पुँजि कर्जा निर्देशिका २०७९ विरुद्ध ओदारी संघर्ष समिति आन्दोलनमा उत्रिएको छ ।

चरणवद्ध आन्दोलनमा उत्रिएको संघर्ष समितिले आइतबार र्यालीसहित प्रदर्शन गरेका छन् । वाणगंगा नगरपालिकाका निवर्तमान नगर प्रमुख मंगल थारु लगायतको सहभागितामा विरोध र्याली गरिएको व्यवसायी मनोहर योगीले बताए ।

व्यवसायीका माग पुरा गर, व्यवसायिक एकता जिन्दाबाद, मानसिक यातना बन्द गर, वित्तिय आतंक बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर ब्यवसायीले केहीबेर र्याली पनि निकालेका थिए ।

कोरोनापछि मारमा परेका बयवसायीका समस्यालाई बैङ्क तथा वित्तीय संस्थाले नबुझी किस्ता र ब्याजको नाममा यातना दिएको भन्दै उनीहररुले बैङ्कमा ताला लगाउनेसम्मको कार्यक्रम गर्ने बताएका छन् । सोमबार चार नम्बरमा पनि प्रदर्शन गर्ने कार्यत्रम राखिएको संघर्ष समितिले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  २ : ०५ बजे