२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

१३ औँ कपिलवस्तु महोत्सवको उद्घाटन महासंघका पूर्व अध्यक्ष ढकालले गर्ने



कपिलवस्तु । ‘१३ औँ कपिलवस्तु महोत्सवको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा आई सम्बोधन गर्ने भनिएका नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अन्तिममा आएर धोका दिएका छन ।

केही दिन अघि उद्घाटन सत्रमा आउँछु भनेका उनले अन्तिम समयमा समय दिन भ्याउने भइनँ भनेपछि आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघले प्रमुख अतिथि बदलेको छ । आयोजकका अनुसार माघ १७ गते (पर्सी) महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा वरिष्ठ व्यवसायी चन्डीराज ढकालले गर्ने छन् ।

अहिले देशभरका उद्योगी ब्यवसायी निकै समस्यामा परेका कारण ब्यवसायीका समस्याका बारेमा राज्यसंग के कुरा भइरहेको छ ? अर्थ मन्त्रालय, राष्ट्र बैङ्कले ब्यवसायीको हक हितको बारेमा के गरिरहेका छन् इत्यादि बुझ्न उहाँलाई बोलाउन लागिएको संघका संघका महासचिव मनोज पौडेलले बताए ।

सो अवसरमा यहाँका व्यवसायीले आफ्ना समस्या पनि राख्ने बताइएको छ । उद्घाटनको दिन बिभिन्न संघसंस्था र विद्यालयले नेपालको राष्ट्रियता, कला, संस्कृति, भेषभुषा झल्कने खालका झाँकी प्रदर्शन हुने छ भने बिभिन्न स्थानबाट र्याली निकालिन लागिएको महोत्सवका संयोजक समेत रहेका घिमिरेले हाम्रो रोजगारीलाई बताए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १० : ०३ बजे