४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मनकामना वनको अध्यक्षमा कार्की र सचिवमा भट्टराई चुनिए, कसको कति मत ?



कपिलवस्तु । मनकामना सामुदायिक वनको अन्तिम चुनावी मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचनमा अध्यक्ष मुक्त बहादुर कार्कीको प्यानललै विजयी भएको छ ।

एक जना कार्यसमिति सदस्य र एक जना लेखा समिति सदस्य बाहेक अरु पदमा कार्कीको प्यानल नै विजयी भएको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचनमा तीन समूहले प्यानललै खडा गरी निर्वाचनमा होमिएका थिए ।

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं २ नन्दनगरमा रहेको वनको शनिबार मतदान भएको थियो । रातभर मतगणना भएर आइतबार विहान मात्र अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

शनिबार भएको वनको कार्यसमितिको निर्वाचनमा १८ पदका लागि ५३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

११ सय १ जना उपभोक्ता रहेको वनमा ९ सय ३३ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।

प्राप्त अन्तिम नतिजा अनुसार अध्यक्षमा विजयी कार्कीले ३ सय ५३ मत ल्याएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार चुरामणी अर्यालले २ सय ८४ मत पाउँदा कमल घिमिरेले १ सय ७९ मत पाए ।

कार्की एमाले र अर्याल कांग्रेसका आधिकारिक उम्मेदवार थिए भने घिमिरे स्वतन्त्र उम्मेदवारथिए ।
कार्की प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार पुष्कर घिमिरेले ३ सय ८७ मत ल्याएर वियजी हुँदा सचिवमा गंगा भट्टराईले ३ सय ५७ मत ल्याएर विजयी भइन् । यही प्यानलको सहसचिवमा  कविराज उपाध्यायले ४ सय २१ मत पाउँदा कोषाध्यक्षमा लक्ष्मी थारुले ३ सय ४५ मत पात पाए ।

अर्याल प्यानलबाट उपाध्यक्षका उम्मेदवार मन बहादुर पुनले ३ सय ३०, सचिवका उम्मेदवार पुष्पा घिमिरेले ३ सय १७ मत ल्याएका छन् । कोषाध्यक्षमा सकुन्तला घिमिरे ३ सय २३ र सह सचिवमा राम बहादुर टण्डनले ३ सय १९ मत पाएका बताइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : २७ बजे