२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

शिक्षाको कोणबाट १३ औँ कपिलवस्तु महोत्सवः के भन्छन् संयोजक घिमिरे ?



कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १७ गतेदेखि सुरु हुने ‘१३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी’ शैक्षिक दृृष्टिकोणले पनि महत्वपूर्ण हुने भएको छ ।

महोत्सवमा यसपटक पहिलोपटक ‘गायन आइडल’ हुने छ भने अन्य बिभिन्न प्रतियोगिता पनि संचालन हुनेछन् । विद्यालय समन्वय तथा सम्पर्क समितिका संयोजक बासुदेव घिमिरेका अनुसार पहिलोपटक हुन लागेको गायन आइडलमा विद्यार्थीहरुले उत्साहका साथ भाग लिने बताए ।
गायन प्रतियोगिता हुने थाहा पाएपछि विद्यार्थीहरु उत्साहित बनेका उनी बताउँछन् । उनका अनुसार महोत्सवमा गायनसंगै वतृत्वकला, शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनी, ट्यालेन्ट हण्ट जस्ता कार्यक्रम राखिएको छ । विज्ञान प्रदर्शनीको लागि महोत्सवमा ५ ओटा स्टल रहने संयोजक घिमिरेले बताए ।

यसको लागि बाणिज्य संघ मातहत रहने सबै नीजि र सामुदायिक विद्यालयसंग समन्वय भइसकेको उनले बताए । महोत्सवमा विद्यार्थीहरुले नेपालको कला र संस्कृति झल्काउने भेषभूषसहितका प्रस्तुतिहरु देखाउने संयोजक घिमिरेको भनाई छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : ३० बजे