४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सागर ढकाल लेख्छन् ‘गुलेली झन् तन्किएको छ’



काठमाण्डौँ । गत प्रतिनिधि सभा चुनावमा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवासंग चुनावमा भीँडेर चर्चामा आएका सागर ढकालले गुलेली झन् तन्किएको बताएका छन् ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभाति रवि लामिछानेको सांसद र सभापति पद खारेज गरिदिएको दिन लामिछानेसंगको फोटो शेयर गर्दै ढकालले गुलेली झन् तन्किएको लेखेका हुन् ।

पुराना पार्टीहरुले जति गरे पनि यो शक्ति सजिलै चुढ्ने आफूले नदेखेको बताउँदै सामाजिक संजाल फेसबुकमा उनी लेख्छन् ‘गुलेली झन् तन्किएको छ पुराना पार्टीहरुले जति गरे पनि यो शक्ति सजिलै चुढ्ने देखिदैन। हजारौं परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाही के लाग्ने होला रु एउटा पार्टीरव्यक्तिलाई एक ठाँउबाट रोके अर्को ठाँउबाट अर्को अनुहाररपार्टी भएर फुट्छ। यो सक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन। हामी सबै युवाहरु सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झ‌न् शसक्त र सजग भइ अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको‌ छ। विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरुलाई झन् राम्रो पाठ भएको छ। सधैँ विदेशिएर हुदैन, हजुरहरु पनि अब प्रक्रिया पुर्याएर नेपाल फर्कनुस ! देश बनाउन आउनुस। संजोगबस आजै पुजाआजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखियो ।’

ढकालको यो स्टाटस संगै आगामी दिनमा उनीहरुमिलेर अगाडि जान सक्ने पनि आंकलन गर्न सकिन्छ ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ०८ बजे