२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

एमाले नेता पोख्रेल लेख्छन् ‘गाई त नियन्त्रण गरौं सरकार !’



कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुका निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सरकारले किसानका पक्षमा काम गर्नु पर्ने बताएका छन् । दुईदिन अघि सोमबार सामाजिक संजालमा आफ्नो भनाई राख्दै पोख्रेलले २ वटा विषय उठाए ।

मुलुकका तिन तहका सरकारले उचित ढंगल काम गर्न नसकेको स्मरण गराउँदै पोख्रेलले किसानलाई समयमा खाद दिन नसके पनि छाडा पशुचौपाय नियन्त्रण गरेर तिनबाट हुने क्षति रोक्नु पर्नेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण हुनुपर्ने आशयको भनाई राखे ।

यत्ति गर्न सके पनि किसानको लागि त्यो राम्रो काम हुने उनको भनाई छ ।

फेसबुकमा पोख्रेल लेख्छन् ‘किसानलाई खाद दिन नसके पनि गाई त नियन्त्रण गरौं । सरकार ! यही पनि एउटा राम्रो काम हुनेछ ।’

छाडा पशु चौपाय नियन्त्रण राष्ट्रिय समस्या रहेको भए तापनि पोख्रेलको यो भनाई स्थानीय सरकारतर्फ केन्द्रित रहेको बुझिन्छ ।
कपिलवस्तुमा एक इमान्दार र सच्चा नेताको रुपमा स्थापित पोख्रेलले यो विषय उठाएपछि धेरैले संवेदनशिल रुपमा लिनुपर्ने बताउँछन् । पोख्रेलले सार्वजनिक कार्यक्रममा पनि छाडा पशु चौपाय नियन्त्रण, गुणस्तरीय शिक्षा र खानेपानी, फोहर व्यवस्थापन लगायतका विषयमा कुराहरु एठाइरहन्छन् ।

पोख्रेल रहनेवस्ने गरेको वाणगंगा नगरपालिकामा पनि लामोसमयदेखि छाडा पशुचौपाय नियन्त्रण हुन सकेको छैन । जसका कारण किसानले बर्षेनी ठुलो क्षति ब्यहोर्दै आएका छन् । यस विषयमा किसान र सरोकार राख्ने ब्यक्तिले पनि पटकपटक कुरा उठाउँदै आएको देखिन्छ ।

यता नगरले भने यो राष्ट्रिय समस्याको विषय रहेको र पूर्ण नियन्त्रण गर्न कठिन हुने बताउँदै आएको छ । नगरपालिकाले अहिले तत्कालको लागि बजेट नै विनियोजन गरी वडा नम्बर ८ मधुवनमा छाडा पशु चौपाय नियन्त्रणको लागि संरचना बनाइरहेको छ । तर त्यसको पूर्ण रुपमा प्रयोग भने हुन नसकेको किसानहरु बताउँछन् ।

यस विषयमा नगरले स्थायी समाधान नखोज्ने हो भने दुख गरेर लगाएको बालीनाली भित्र्याउनै नपाउने भन्दै किसानहरु चिन्तित छन् ।यो समस्या वाणगंगा नगरपालिकामा मात्र नभएर कपिलवस्तुका सबै स्थानीय तहको प्रमुख समस्या हो । यता छाडा पशु चौपायको कारण सडक दुर्घटना पनि बढिरहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ९ : ४८ बजे