२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

बाणगंगा जीतपुरबाट पार्किङ्ग गरी राखिएको स्कूटर हरायो



बाणगंगा । कामको सिलसिलामा कपिलवस्तुको बाणगंगा नगरपालिका वार्ड नं ४ जीतपुरमा गएको बेला एउटा स्कूटर हराएको छ ।

वडा नं ३ भक्तौलीका हिमाल सिंह राना चार नम्बरमा व्यानर छपाउन गएका थिए । ग्लोबल बैंक नजिकै एक पसलबाट काम सकि फर्कदा पार्किङ्गमा राखिएको लु ३२ प ४३१९ नं को होण्डा कम्पनीको रातो स्कूटर बुधबार साँझ पाँचबजेदेखि अराएको रानाले हाम्रो रोजगारीलाई बताए । आफ्नो स्कूटर हराएपछि एकैछिनमा सोहि स्थानमा हेर्दा अर्को स्कूटर फेला परेको रानाले बताए । आफ्नो नभएपछि सो स्कूटरलाई रानाले इलाका प्रहरी कार्यालय पिपरालाई बुझाएका छन् । यता प्रहरीले पनि रानाको स्कूटर खोजी जारी राखेको बताएको छ ।

 

 

४ नं चोकबाट भेटिएको स्कूटर

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ३८ बजे